काठमाडौं। पूर्व पोर्नस्टार मिया खलिफा एक पटक फेरि चर्चामा आएकी छिन् ।

पछिल्लो पटक भारतमा भइरहेको किसान आन्दोलनलाई समर्थन गरेर चर्चामा आएकी मियाको एउटा भिडियो फेरि चर्चामा छ । भिडियोमा मियाले भारतीय परिकारको डिनर खाँदै छिन् र यसबारे बताइरहेकी छिन् ।

उनका अनुसार उनले पछिल्लो समय मानवताका लागि फैलाइरहेको प्रोपोगाण्डाको लागि उनलाई यो डिनर उपहार दिइएको हो ।

 

भिडियोमा मियाले भनेकी छिन् ‘हरेक कुराको मूल्य हुन्छ, मेरो मूल्य समोसा हो ।

मलाई समोसाले किन्न सकिन्छ ।’ मियाले भारतमा चलिरहेको किसान आन्दोलनको समर्थन गरेपछि केहीले उनलाई ट्रोल गरेका थिए ।

मियाले ट्रोलको पनि जवाफ दिने गरेकी छिन् । यसअघि पनि मियाले ट्वीट गरेर भारतमा चलिरहेको किसान आन्दोलनको समर्थन गरेकी थिइन् र पछिल्लो समय पनि उनले किसान आन्दोलनको समर्थनमै पोस्ट गरिरहेकी छिन् ।