एजेन्सी । कतिपय मानिसहरु कतिसम्म बेहोसी तथा पागल हुन्छन् की आफ्नै श्रीमतीलाई बेच्न अनलाइन सपिंग साइटमा विज्ञापन प्रकाशन गर्दछन् ।

बेलायतमा एक जना पुरुषले यस्तै गरेका छन् । सिमन ओ केन नामका ती पुरुषले आफ्नी श्रीमती लिएन्ड्रालाई अनलाइन सपिंग साइट इ बे मा बिक्रिमा राखेका छन् ।

आफ्नै श्रीमतीलाई लिलाम बढाबढमा बेच्नका लागि इ बे मा विज्ञापन राखिएको दुई दिनमा उनकी श्रीमतीलाई किन्न चाहनेहरुको भिड नै लागेको छ । लिएन्ड्राको लागि दुई दिन भित्रैमा ६५ हजार ८८० पाउण्ड सम्मको बोली लगाइएको थियो ।

दुई बच्चाका पिता सिमनले आफ्नी श्रीमतीलाई बेच्न चाहनुको कारण पनि विज्ञापनसँगै खुलस्त पारेका छन् । लिएन्ड्राले एक समर्पित पत्नीको भूमिका ननिभाएको दाबी उनको छ ।

जसका कारण उनको चित्त दुखेछ । विज्ञापनमा उनले आफ्नी पत्नी भान्साको काममा निपूर्ण रहेको खुलाएका छन् ।

उनले पत्नी खरीदकर्ताका लागि एक शर्त पनि राखेका छन् । जस अनुसार एक पटक बेचिसकेको माल फिर्ता हुनेछैन । सिमन एक टेलिकम इन्जिनियर हुन् ।

जबकी लिएन्ड्रा एक ब्युटी थेरापिष्ट । लोग्नेले आफैलाई बेच्नका लागि अनलाइनमा विज्ञापन दिएको थाहा पाएपछि लिएन्ड्रा रिसले चूर भएकी छिन् ।

आफुलाई निकै रिस उठेको र लोग्नेलाई मारिहाल्न मन लागेको उनको भनाई छ । मानिसहरु यस्तो देखेर हाँसिरहेको उनी बताउँछिन् ।

अझ अनौठो कुरा त के भने लोग्नेले आफुलाई बिक्रि गर्नका लागि प्रकाशन गरेको विज्ञापनमा आफ्नो नराम्रो फोटो राखिदिएकोमा उनको सबैभन्दा ठूलो गुनासो छ ।