मधेशटप, कार्तिक ८ गते ।

जनकपुरधाम : महिनावारी बेला तपाईं के प्रयोग गर्नुहुन्छ?

 

Image result for menstruation cup fill

Image result for menstruation cup

हरेकपटक प्रयोगपछि यही विधि अपनाए यो कप पाँचदेखि दस वर्ष प्रयोग गर्न सकिन्छ। कम्पनीअनुसार यसको प्रयोग अवधि फरक पर्न सक्छ।

कतिपयले यो कप प्रयोगमा ‘कुमारीत्व’ को प्रश्नसमेत उठाएका छन्। योनीभित्र छिराइने हुँदा ‘कुमारीत्व गुम्ने’ भन्दै धेरैले कप प्रयोग गर्न हिच्किचाउने पनि छन्। यो संकोच नेपालमा मात्र होइन, विदेशमा पनि उत्तिकै छ।

यसबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रस्ट भनेका छन्– यो कपले कुमारीत्वमा कुनै असर पार्दैन। कुमारीत्वको अवधारणा आफैंमा बाझिएको छ। योनीको झिल्ली च्यातिएमा कुमारीत्व भंग भएको मानिन्छ, जुन सबै महिलाका हकमा समान हुँदैन। मेन्स्ट्रुअल कप वा ट्याम्पुनजस्ता साधनले यसमा कुनै असर गर्दैन।

मेन्स्ट्रुअल कप उत्पादन गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरू रुबी कप र अर्गानी कपले यो दाबी पनि गरेका छन्।

डा. निरा यसमा सहमत छन्। ‘यसले कुमारीत्वमा असर पार्छ भन्ने भ्रम मात्रै हो। कपको आकार र त्यसलाई प्रयोग गर्ने तरिकामा भने ध्यान पुर्याउन जरुरी छ। बिनाज्ञान र आकार नमिल्दो कप जबर्जस्ती लगाउँदा भने असहज हुन्छ नै,’ उनले प्रस्ट्याइन्।

कप प्रयोगसम्बन्धी तरिका राम्ररी नबुझेका साना किशोरीलाई भने प्रयोग नगर्न नै उनी सुझाउँछिन्।

कसरी प्रयोग गर्ने त?

पहिले त आफूलाई कुन आकारको कप मिल्छ भन्ने यकिन हुनुपर्छ। यसबारे चिकित्सक वा बिक्रेतासँग बुझ्न सकिन्छ। आकार मिल्दो कप योनीमा कसरी छिराउने भन्नेबारे पनि उनीहरूले नै जानकारी दिनेछन्। इन्टरनेटमा भिडिओहरू हेरेर सिके पनि हुन्छ।

Image result for menstruation cup sizes

‘सी’ आकारमा पट्याएर प्रयोग गरिने यो कप सुरू सुरूमा अनौठो वा अप्ठ्यारो लागे पनि पछि सहज हुने माल्भिकाको अनुभव छ। कप भरिएपछि वा आफूलाई सहज भएको समयमा निकालेर सफा गरी पुनः प्रयोग गर्न सकिन्छ।

‘यस्तो कपको वातावरणीय फाइदा पनि छ। प्याड कुहिँदैन, कहाँ फ्याँक्ने भन्ने समस्या सधैं हुन्छ,’ उनी भन्छिन्, ‘यो त वर्षौं प्रयोग गर्न सकिन्छ। एकपटक किनेपछि महिनैपिच्छे खर्चिने पैसा जोगिन्छ।’

सामान्यतया महिनावारी कपको मूल्य पन्ध्र सयदेखि पच्चीस सयसम्म पर्छ। विदेशबाट आयात गर्नुपर्ने र लामो समय प्रयोग हुने भएकाले मूल्य बढी भएको व्यवसायी बताउँछन्। विदेशमा पनि प्याड र ट्याम्पुनको तुलनामा यसको मूल्य धेरै नै छ। रुबी र अर्गानी कपको मूल्य ७ देखि २५ अमेरिकी डलरसम्म पर्ने तिनका वेबसाइटमा उल्लेख छ।

एकपटकको लगानी हेर्दा धेरै लागे पनि हरेक महिना प्याडमा खर्चिने पैसाभन्दा यो सस्तो पर्न आउँछ।

‘साँच्चै भन्नुपर्दा महिनावारी कपको आर्थिक, शारीरिक, वातावरणीय सबै किसिमका फाइदै फाइदा छन्,’ माल्भिका भन्छिन्, ‘यसले महिनावारी सहज बनाउँछ, जसले स्वतः हाम्रो आत्मविश्वास बढाउँछ।