मधेशटप,

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अक्टुर २ देखि जेलमा रहेका छन् । लागुऔषध केशमा उनी क्रुजबाट पक्राउ परेका थिए ।

बारम्बार जमानताका लागि गरिएको याचिका पनि अदालतले खारेज गर्दै आइरहेको छ । हाइकोर्टमा उनको जमानतका लागि याचिका दायर भएको छ । उक्त फैसला महत्वपुर्ण हुनेछ ।

आर्थर रोड जेलमा रहेका उनलाई भेट्न केही दिन अगाडि शाहरुख खान पुगेका थिए ।

उनलाई भेट्न आमा गौरी खान पनि पुगेकी छन् । रिपोर्टका अनुसार आर्यनसँग गौरी खानले झण्डै १७ मिनेट कुराकानी गरेकी छन् । केही हप्तादेखि खान परिवार आर्यनका कारण तनावमा रहेको छ ।

 

आर्यन खानलाई छुटाउन शाहरुख खानका वकिलहरु लागि परेका छन् तर, हालसम्म सफल हुन सकेका छैनन् ।