रामएकवाल राम – दोहा ( कतार)
हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर मनाइने छठ पर्वकोआज मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिदै कतारमा छठ पर्व मनाएको हो।
छ्ठ पर्व मधेश पहाड राजधानी र अन्तर्राष्ट्रिय विभिन्न देशमा मनाईछ।भगवान सुर्यको उपासना गर्दै छठी मैयाको पुजा गर्ने लोक आस्थाको पर्व छठ यस वर्ष पनि नेपालको विभिन्न जिल्ला र विदेशमा पनि मनाउदै आईरहेको हो।
यस वर्ष पनि विश्वभरी छरिएर रहेका मधेसीहरुको छाता सङ्गठन गैर अवासीय मधेसी संघ कतार शाखाले छठ पुजाको आयोजना गरेको हो।
कतार शाखा संयोजक सुरेन्द्र यादव तथा शम्भुनाथ साह एनआर एनमय यस किसिमको कार्यक्रम मधेस संस्कृति अन्तर्राष्ट्रियकरण गर्ने बताए ।अमेरिका कतारभरी छरिएका तथा अन्य मुलुकहरुमा पनि छठ पुजा मनाईरहेको जानकारी दिनुभयो।
गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सल्लाहकार एव मधेस र मधेसी समुदाय प्रति सधै एउटाआफ्नो जिम्मेवारी वहन गर्दै आउनुभएका मनिष यादवले अब हाम्रो धर्म संस्कृतीलाई हामी प्रवासमा भएता पनि जोगाउनु पर्छ भन्दै छ्ठ पर्वको शुभकामना समेत दिनु भयो
कतारमा रहेको फैमलीहरु र मधेसी समुदायको उल्लेखमय उपस्थिति रहेको थियो ।विश्वको धेरै जसो देशमा छठ पुजा पुजा गरेको नौलो कुरा होईन ।जहाँ मधेसी समुदाय हरु छन त्यहाँ वर्षौंदेखि हुँदै आइ रहेको हो।छठ पुजा अन्तर्राष्ट्रिय पुजा जस्तो देखिन थालेको छ।
Discussion about this post