MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

पत्रकारिताको भविष्य कता जादैछ ? आखिर को हुन् पत्रकार र कस्लाई पत्रकार भन्ने (विचार )

मधेशटप by मधेशटप
२०७७ मंसिर ३०, मंगलवार २२:४४
0
पत्रकारिताको भविष्य कता जादैछ ? आखिर को हुन् पत्रकार र कस्लाई पत्रकार भन्ने (विचार )

पढाइमा सानै देखि तेज थिए । सानो छदाँ ममीले सधै इख बिनाको मान्छे र बिख बिनाको सर्प काम लाग्दैन । तिमीहरु ४ जना दिदी बहिनी मात्र छौं, पछि दाजु भाई नभएको भनेर हेप्छन्, त्यसैले तिमीले असल काम गरेर ठूलो मान्छे हुनुपर्छ भनेर सम्झाइरहनु हुन्थ्यो ।

ममीको यो भनाई र ए त्यस्को त दाजुभाई छैन्न भनेर गरिने प्रतिप्रश्नले हैरान भएको थिए । कसैले कतिजना छोराछोरी भनेर सोध्दा ४ जना दिदी बहिनी हौं भन्दा मुख खुम्च्याउनेहरुको अनुहार अहिले पनि झलझली आखाँमा आउँछ । त्यसपछि के गर्दा समाजमा रहेका कुरितिहरुको अन्त्य हुन्छ र कसरी समाजमा परिवर्तन आउँछ भनेर सोच्न थाले ।

कक्षा ६ मा पुगेपछि जुनियर रेडक्रस सर्कलमा आबद्ध भए । त्यसपछि मेरो जीवनले अर्कै मोड लियो । बिभिन्न तालिम, गोष्ठी तथा कार्यक्रमहरुमा जान थाले । हामी जस्तै भर्खरै टिनएजमा प्रवेश गरेका साथीहरुसँग घुलमिल भए र उनीहरुको मनका कुरा पनि बुझ्न पाए । पढाईसँगै बाहिरी कृयाकलापहरुमा पनि आबद्ध हुन थाले तर मेरो परिवारलाई भने सो कुरा मन परेको थिएन । पहिलो प्राथमिकता पढाई भन्ने उहाँहरुको कुरालाई आत्मसाथ गर्दै अभिनय तथा बिभिन्न बाल क्लबहरुमा आबद्ध भए जहाँबाट मैले धेरै कुरा सिक्ने मौका पाए । गाउँमा हुर्किएकोले न त पत्रिकाको बारेमा ज्ञान थियो न त टिभीको बारेमा नै ? रेडियोमा समाचार चै कहिले कहिले सुन्ने गरेकै हो ।

पछि गाउँमा बिजुली आयो, घरमा टिभी ल्याउनु भयो । भर्खरै टिभी देख्दा मन कति फुरुङ्ग भएको थियो कल्पना पनि गर्न सक्दिन । त्यति बेला टिभीमा समाचार र केही कार्यक्रम मात्र आउँथ्यो । टिभीमा ऋषी धमलालाई मात्र देख्ने, त्यसपछि पत्रकार भनेको ऋषि धमला हो भन्ने मनमा पर्यो । के काण्डमा धमला जेल परेको त्यति याद त भएन तर समाचार सुनेपछि पत्रकारलाई किन जेल हालेको भनेर ३ दिन रोएको चै याद छ ।

एकदिन जुनियर रेडक्रसको गोष्ठीमा झापाको कन्काई नगरपालिकामा अवस्थित कन्काई माध्यमिक बिधालयमा गएको थिए । भित्तामा एउटा पत्रिका जस्तै टासेको थियो । जहाँ कबिता, कथा चित्र लगायत थियो । के रहेछ भनेर निकै बेर हेरेपछि त्यो भित्ते पत्रिका रहेछ भनेर थाहा भयो । त्यसपछि मलाई पनि भित्तेपत्रिकामा मोह भयो । त्यतिबेला म शिवंगञ्ज ५ मा पर्ने लालपानी माध्यमिक विधालयमा कक्षा ८ मा पढ्थे । साथीहरुसँग सल्लाह गरे र हामीले पनि त्यस्तै पत्रिका निकाल्ने अठोट गर्यौं । त्यसपछि सृजनशील छात्रा क्लब गठन गरेर प्रत्येक हप्ताको शुक्रबार सृजनशील भित्ते पत्रिका निकाल्न थाल्यौ र जानी नजानी त्यो नै मेरो पत्रकारिता जगतमा पहिलो कदम भयो ।

ममीको यो भनाई र ए त्यस्को त दाजुभाई छैन्न भनेर गरिने प्रतिप्रश्नले हैरान भएको थिए । कसैले कतिजना छोराछोरी भनेर सोध्दा ४ जना दिदी बहिनी हौं भन्दा मुख खुम्च्याउनेहरुको अनुहार अहिले पनि झलझली आखाँमा आउँछ । त्यसपछि के गर्दा समाजमा रहेका कुरितिहरुको अन्त्य हुन्छ र कसरी समाजमा परिवर्तन आउँछ भनेर सोच्न थाले ।

नागरिक समाजसँग नजिक रहेको प्रो.प्रब्लिकसँग नजिक रहेकोले मैले भष्ट्रचार सम्बन्धि शिक्षा पनि लिने मौका पाएको थिए । २०६१ सालमा झापाको बिर्तामोडबाट प्रकाशित हुने पुर्वाञ्चल दैनिकमा “भष्ट्रचार नियन्त्रणमा नागरिक समाजको भुमिका” शिर्षकमा पहिलो पल्ट आर्टिकल पठाएको थिए । बुबाले त्यो पत्रिका किनेर ल्याउनुभयो, सबै जनाले मिलेर पढ्यौ र ममीले स्टिलको सानो दराजमा राख्नुभयो जुन आजसम्म पनि सुरक्षित छ । उता आर्थिक अभावले भित्तेपत्रिकालाई निरन्तरता दिन सकिनौं । खाजा खान दिएको २-२ रुपैयाँ उठाएर कति दिन पो चलाउँन सकिन्थ्यो र ? तर मेरो पत्रकारिता मोह भने झन् जाग्दै गयो । अटोका पानाहरुमा पत्रकार हुन्छु भनेर लेख्न थाले मनमा पत्रकारिताको भुत चढ्यो जुन उत्रिने कुरा थिएन ।

समयसँगै २०६३ सालमा एसएलसी दिए । २०६४ सालमा राम्रो रिजल्ट आयो,अनि शुरु भने कता पढाउने के पढाउने भन्ने विषयमा छलफल । बुबाले साइन्स पढेर, नर्सिङ्ग तिर जान आग्रह गर्नुहुन्थ्यो भने ममी इन्जिनियर बनाउने सोचमा हुनुहुन्थ्यो । आफुलाई भने पत्रकारिताको भुत चढेको थियो ।

बुबाले मेजर इङ्लिसलाई प्राथमिकता दिने सर्तमा झापाको बिर्तामोडमा रहेको कन्काई कलेजमा भर्ना भए तर त्यो कलेजसम्म पुग्न मलाई अत्यन्तै कठिन भयो । ५ किलोमिटर साईकल र १०.५ किलोमिटर बसमा यात्रा गरेर पत्रकारिता पढ्न गए । गाडीमा चढ्न उत्तिकै कठिन, बिद्यार्थीहरुलाई सेतो मच्चड भन्दै गाडीमा चढ्न नदिने । सुख दुख गरेर प्लस टू पढेर सके, पछि बिए पढ्नुको लागि झापाकै मनकामना कलेजमा भर्ना भए । त्यहाँ पनि त्यस्तै समस्या, गाडी चढ्नलाई एकदमै सकस, बिद्यार्थी देख्नेबित्तिकै गाडीको स्टाफले ढोका नै छेक्ने । बिए पहिलो वर्षको परीक्षा दिएपछि काठमाडौंको मदन भण्डारी मेमोरियल कलेजमा बिए दोस्रो वर्षमा भर्ना भए । र मदन भण्डारीबाट नै पत्रकारिता बिषय लिएर स्नात्तकोत्तर सम्मको अध्ययन गरे । मेरो पत्रकारिताको मोहले गर्दा बाटोमा आउने हरेक बाधा र अवरोधलाई भुल्दै म पत्रकारिता क्षेत्रमा आए ।

झापामा केही मिडियाहाउसहरुमा प्रशिक्षार्थीको रुपमा काम गरेपनि मेरो पत्रकारिताको शुरुवात २०६९ सालबाट आर्थिक अभियान दैनिकबाट शुरु भएको हो । मैले सोचेको र देखेको भन्दा धेरै दुखी पेसा रहेको भएता पनि म सँग अब अरु अप्सन नै छैन । अन्य पेसामा आबद्ध रहेका साथीहरुलाई चिन्ने बिभिन्न माध्यम हुन्छन् तर पत्रकारलाई कसरी चिन्ने ?

कुनैपनि अनलाइन न्यूज पोर्टलमा सम्पादक हुनको लागि पत्रकारिता विषयमा स्नातक गरेको वा पत्रकारितामा ५ देखि १० वर्ष काम गरेको भनि नेपाल प्रेस काउन्सिलले प्रमाणित गर्ने व्यवस्था गर्ने हो भने नेपालमा अनलाइन न्यूजपोर्टलको संख्या होइन गुणस्तर बढ्नेछ । यसबारेमा नीति निर्माण गर्ने तहमा वस्ने व्यक्तिले बेलैमा विचार पुर्‍याउन आवश्यक देखिएको छ ।

पत्रकारिता अध्ययन गरेर र पत्रकारिता क्षेत्रमा नै केहि गर्छु भनेर आएको म यहाँका बिकृति दलाली,अनावश्यक चाकडीपन, पार्टीकारिता देखेर तर्सिन्छु । र चित्त नबुझेका केही कुरा फेसबुकमा लेख्छु । धेरैले सकरात्मक रुपमा लिनुहुन्छ भनेर केहीले झगडा गर्ने हेतुले म्यासेन्जरमा आउनु हुन्छ । एकातर्फ पत्रकारहरुले तलब नपाएर केही जमात आन्दोलनमा उत्रिएका छन् भने अर्को तर्फ दलाली र चाकडी गर्ने पत्रकारहरुको पनि कमी छैन ।

पत्रकारिता क्षेत्रमा बेथितिको बारेमा कुरा उठाउँदा धेरै साथीहरुले आफुसँग पत्रकारहरुले चिया खर्च, पेट्रोल खर्चलगायत मागेको गुनासाहरु गर्न थाल्नु भएको छ । उहाँहरुलाई केही प्रमाण भेला गर्नुहोस, मैले गर्न सकेको सहयोग गर्छु भन्ने गरेको छु । म आफै त पत्रकारिता क्षेत्रमा भविष्य खोज्दै अगाडी बढेको छु, उहाँहरुलाई कसरी साथ र सहयोग गर्न सक्छु । हो म समाजमा भएका कुरिति, बिसंगति, जातिय बिभेदलगायतको कुरामा कलमको माध्यमबाट बोल्न सक्छु तर नेता र राजनीतिक दलको संरक्षण पाएर दलाली तथा अन्य कार्यमा लागेका पत्रकारहरुको बारेमा आवाज उठाउन सक्छु त ?

२०७७ साल असारमा कामको सिलसिलामा ३ दिनसम्म सुचना बिभाग धाए । त्यो ३ दिन मैले पत्रकारिता क्षेत्रको बारेमा धेरै कुरा बुझ्ने मौका पाए । एक जना साधुको भेषमा (रातो कुर्था र धोती अनि दाह्री पालेको ) बाबा पनि आउनु भएको थियो । उहाँले अनलाईन दर्ता गर्ने प्रोसेसको बारेमा बुझ्नु भयो, मलाई उहाँको बारेमा खुब चासो लाग्यो र उहाँका केहि कृयाकलापहरु नियाली रहे । उहाँले कसैलाई फोन गरेर अनलाईन दर्ता गर्न लागेको बिए पास गरेको मान्छे खोज्नु पर्यो भन्नुभयो । म अचम्ममा परे र उहाँसँग केहि प्रतिप्रश्न गर्न मन थियो तर हाम्रो काम सकिएर घर जान लागेको कुरा थाहापाए पछि म घर फर्किए । त्यसको पर्सिपल्ट म त्यहाँ पुग्दा उहाँले अनलाईन दर्ता गरिसक्नु भएको रहेछ । त्यो त उदाहरण मात्र हो, लकडाउनमा पत्रकारको नाम लिएर खुलेआम हिड्ने देखि लिएर तस्करसम्मले पत्रकारको परिचय पत्र भिर्छन् ।

अनलाईन दर्ता गर्न सजिलो भएकोले पनि धेरैको ध्यान पत्रकारिता क्षेत्र तर्फ बढ्दै छ । कुनैपनि अनलाइन न्यूज पोर्टलमा सम्पादक हुनको लागि पत्रकारिता विषयमा स्नातक गरेको वा पत्रकारितामा ५ देखि १० वर्ष काम गरेको भनि नेपाल प्रेस काउन्सिलले प्रमाणित गर्ने व्यवस्था गर्ने हो भने नेपालमा अनलाइन न्यूजपोर्टलको संख्या होइन गुणस्तर बढ्नेछ । यसबारेमा नीति निर्माण गर्ने तहमा वस्ने व्यक्तिले बेलैमा विचार पुर्‍याउन आवश्यक देखिएको छ ।

Previous Post

साडी कसरी लगाउने भनेर दोधारमा हुनुहुन्छ ? दुई मिनेटको भिडियो हेरेर सिकौं

Next Post

आज बुधबारको राशिफल संगै मनोकामना मन्दिरको दर्शन गरि मनोकामना पुरा गरौँ !

Related Posts

‘मैथिली भाषा सङ्कटमा’
Banner News

गणतन्त्र स्थापनाको १६ वर्ष : अहिले पनि अनुसन्धानकै गर्भमा छन् योद्धाहरु

२०७७ मंसिर ३०, मंगलवार २२:४४
बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न
देश

बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न

२०७७ मंसिर ३०, मंगलवार २२:४४
श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७७ मंसिर ३०, मंगलवार २२:४४
बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन
देश

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

२०७७ मंसिर ३०, मंगलवार २२:४४
श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न
देश

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

२०७७ मंसिर ३०, मंगलवार २२:४४
मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति
देश

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

२०७७ मंसिर ३०, मंगलवार २२:४४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति