काठमाडौँ : हामी सरकार परिवर्तनको फोहरी दामवादी खेलमा छैनौं, समस्याको समाधान ब्यक्ति फेरेर हुँदैन, सिंहदरबारमा फोटो झुन्डयाएर हुँदैन, ओलीको विकल्प पुष्पकमल दहाल “प्रचण्ड” वा शेर बहादुर देउवा या अन्य कुनै हुनै सक्दैन ! बिगत १५ वर्षको गतिविधिले “जो गोरु आएनी, कानै चिरेको” भन्ने चरितार्थ भएकै हो !
हामी स्पष्ट छौँ, यो संविधान र ब्यवस्थाले नेपाल र नेपालीको भलो गर्नै सक्दैन । यो संविधान र ब्यवस्था अवैध हो नाजायज हो हराम हो । गलत बाटोबाट गलत प्रयोजनका लागि गम्भीर दुरगामी षड्यन्त्रको तहत “नेपाल र नेपालीको अस्तित्व नै मेटाउनका लागि लादिएको हो” । निकृष्ट एवं प्रभुत्ववादी षडयन्त्र तहत सिमा पारीबाट दाम दातब्य र रिमोट कन्ट्रोलबाट निर्देशित – प्रायोजित – नियंत्रित नोकरहरु बाट सकारात्मक परिणामको अपेक्षा गर्नु भुल मात्रै होईन कि बेबकुफी हो ।
पाल्तु कुकुरले स्वामी-भक्ति मात्र गर्छ । यहाँ देश र जनताको माया कोहि कसैलाई छैन, यहाँ त सब चाकरी गर्न र आ-आफनो रोजगार गर्न मात्र तच्छाड-मच्चाड गर्दैछन् । आवरणमा जे देखिएता पनि स्वामीलाई रिझाउन र तोकिएको समयमा तोकिएको निर्देशन पालना गर्ने होडबाजी मात्रै हो । नेपाललाई सिरिया, अफगानिस्तान, इराक, लिबिया, फिजि बनाउँदै तिब्बतीकरण, सिक्किमिकरण या भुटानीकरण गर्ने रणनीतिक योजनाका लेन्डुप दोर्जेहरुलाई चिन्हौँ तत्काल स-सक्त प्रतिवाद र प्रतिकार गरौँ । छेपारे लम्पसारवादी देश-बेचुवाहरुको मनोवृत्ति चरितार्थ भईसक्यो अब जनता जाग्नै पर्ने भयो, देश जोगाउन इतिहासको संरक्षण गर्न सडक तताउनै पर्ने देखियो । ठुल-ठुला क्रान्तिकारी भाषण ठोक्ने यी भुस्याहाहरु कता बाट निर्देशित छन् भन्ने कुरा यिनका गतिविधिहरुले व्याख्या गर्दैछ, सिंगापुर र स्विटजरल्याण्ड बनाउने फुस्रा नारा दिने यिनले नेपाल र नेपालीको अस्तित्व नै संकटमा पारे, नेपाललाई स्विटजरल्याण्ड र सिंगापुर होईन नेपाललाई नेपाल नै र नेपालीलाई नेपाली नै बन्न र रहन देऊ हे पाखण्डीहरु, बरु तिमीहरू चाहिँ जताबाट निर्देशित छौ उतै जाउ हामी फुल-माला लगाएर बिदा गरौंला । अब अत्ति भो, लूटन-सक्ने जति लूटी-सक्यौ अब त बक्सी देऊ ।
हे मानवरुपी नर-पिशाच शासक वर्ग ! देशको नाममा विश्लेषण जोड्ने तिमी, राष्ट्रिय झण्डा जलाउँदा खुशी हुने तिमी, सिमा अतिक्रमण हुँदा कुर्सी ताक्ने तिमी, बर्दी माथी आक्रमण हुँदा टुलुटुलु हेरी बस्ने तिमीहरु, राष्ट्रवादको खोखला नारा घन्काउँदै जातीय – क्षेत्रीय – धार्मिक – साम्प्रदायिक – लैङ्गक – भाषिक द्वन्दको बिजारोपण गर्ने तिमी, जनमतको नाममा राज्य-आतंक र लूटतन्त्रलाई प्रास्रय दिने तिमी, भ्रष्ट नैतिकपतन आपराधिक राजनीतिक संस्कारका सर्जक तिमी, सत्ता र शक्तिको दम्भमा मानसिक संतुलन गुमाएका तिमी, तिमीहरुले भन्दै आएका प्राप्त उपलब्धिको पोल खुली सक्यो, तिम्रा चरित्र र वास्तविकता खुईली सक्यो, तिमी अब उदाङ्गो भयौ, तिम्रा वास्तविक रुप जनताले हेरी सके तिमीहरुले दावी गर्दै आएको प्राप्त उपलब्धि हामीले भोग्दै छौँ झेल्दै छौँ आफैलाई धिक्कार्दै छौँ ।
कोरोना महामारी होस् या किसानको समस्या या बाढीपहिरो, शितलहरी, भुकम्प या अन्य कुनै दैवीप्रकोप-आपदा कुर्सी र कमिसन मै रमाउने तिम्रा उपलब्धि र तिम्रा ब्यवस्था अब आम देश-भक्त नागरिकले थेग्न सक्ने अवस्था रहेन, झेल्नसक्ने मनस्थिति रहेन । अब नागरिक जागी सके त्यसैले त सडकमा नारा गुन्जिदैछ, “राजा ल्याउ, देश बचाउ” , “मेची – महाकाली के भन्छ, राज-संस्था ल्याउ भन्छ”, “घर – घरमा सल्लाह छ, राजा ल्याउने सल्लाह छ”, ” कोरोना कै समगोत्री विकेन्द्रीकृत भ्रष्ट लूटतान्त्रिक गन्हाउनेतन्त्र मुर्दावाद”, ” हजारौं-लाखौं राजा पाल्नु भन्दा एउटै राजा बेस” आदि इत्यादी ।
तिम्रा विदेशी प्रभुहरुले दिएको दाम (डलर/भारु) को भरमा लादिएको तिम्रो प्रभुकोस्वार्थ अनुरुपको “धर्म-निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र” आम देश-भक्त नेपाली नागरिकले सडक बाटै खारेज गरेको अवस्था छ । नागरिकहरु सडक बाटै नागरिक सरकार, नागरिक सदन र नागरिक आयोग गठन गर्ने उदघोष गर्नेसम्मका जमर्को कस्दै छन् , बेलैमा चेत खोल, सत्ता नागरिकलाई सुम्प नभए आन्दोलनको राप र तापमा तिम्रा अवशेष समेत नष्ट हुने निश्चित देख्दैछु ।
तत्काल नागरिकलाई सत्ता सुम्प, नागरिक-तन्त्र/जनतन्त्र सहितको राज-संस्था र धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनःस्थापना, नागरिक सरकार र नागरिक आयोग गठनको मार्ग प्रशस्त गर !!
अग्र चेती चिरञ्जीवी !!
धर्मो रक्षती रक्षित: राष्ट्रो रक्षती रक्षित: !!
डा. मनोज मुक्ति “विवेक”
(डा. मनोज कुमार झा)
राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय संयोजक
जनतान्त्रिक तराई मुक्ति मोर्चा
राष्ट्र बचाउ अभियान
राष्ट्रिय जनतान्त्रिक गठबन्धन
एवं
राष्ट्रिय नागरिक आन्दोलन २०७७
Discussion about this post