सप्तरी । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
कान्तिपुर सन्देशका अध्यक्ष तथा संचालक राम नारायण राउतसँग फोनमा कुरा गर्दे मन्त्री साहले राष्ट्रपति भण्डारीले संसद् विघटन गर्नु स्तब्धकारी र दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।
साथै मन्त्री साहले राष्ट्रपति भण्डारीको यस असंवैधानिक कदमले राज्यसञ्चालनको केन्द्रीकृत र एकात्मक मानसिकता उदांगो भएको बताएका छन् । साहले ‘संघीय सरकारका मुखियाको सर्वसत्तावादी नियत र व्यवहारका कारण देशमा राजनीतिक–वैचारिक स्तर स्खलित भइरहेका बेला असंवैधानिक ढंगले संसद् विघटन गर्नाले राज्यसञ्चालनको केन्द्रीकृत र एकात्मक मानसिकता उदांगो भएको छ ।’ भनेका छन् ।
संसारकै उत्कृष्ट संविधान भनेर दाबी गरिएको अहिलेको संविधान अपूर्ण भएको पनि दावी गरेका छन् । ‘यस्तो हर्कतबाट संसारकै उत्कृष्ट संविधान भनेर दाबी गरिएको अहिलेको संविधान अपूर्ण, अस्पष्ट र अन्योलग्रस्त रहेको हाम्रो दाबी सही साबित भएको छ ।’ उनले थप्दै भनेका छन् ।
साथै मन्त्री साहले अहिलेको असहज परिस्थितिमा एकजुट भई ठोस निष्कर्षका आधारमा अघि बढ्न आग्रह साबै लोकतन्त्रवादीहरूलाई आग्रह गरेका छन् । उनले ‘अहिलेको असहज, असमान्य र असाधारण परिस्थितिमा सबै लोकतन्त्रवादीहरूलाई एकजुट भई ठोस निष्कर्षका आधारमा अघि बढ्न आग्रह गर्दछु ।’ भनेका छन् ।
Discussion about this post