जनकपुरधाम : जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्र बचाउ अभियान तथा राष्ट्रिय जनतान्त्रिक गठबन्धन र राष्ट्रिय नागरिक आन्दोलन २०७७ का राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ज्युले अंग्रेजी नव वर्ष 2021 को सबैलाई शुभकामना दिंदै आम नेपाली सँग गम्भीर प्रश्न गर्नुभएको छ ।


आज शुभकामना दिँदै वहाँले आफ्नो सामाजिक संजालमा यसो लेख्नु भएको छ,

संवेदनहिन बन्दै राजनीति,
अराजक राज्य सत्ता,
भ्रष्ट राज्य संयन्त्र,
नागरिक आखिर किन मौन ??

आमाको चीर-हरण,
बहिनीको अस्मिता हरण,
गुमनाम र बदनाम हुँदै राष्ट्र,
नागरिक आखिर किन मौन ??

गणतन्त्र गणतन्त्र हुँदासम्म,
लोकतन्त्र लूटतन्त्र हुँदासम्म,
होलीवाईन जबर्जस्ती मुखमा हालिदासम्म,
नागरिक आखिर किन मौन ?

प्राप्त उपलब्धि प्राप्त उपलब्धि – ………….,
नाता-गोता-आसेपासे-लगुवाभगुवा सब पोषे,
भोट खातिर लास बिछाबे,
नागरिक आखिर किन मौन ?

पहिचानबिहिन राष्ट्र खण्डित हुँदै समाज,
संस्कारहिन व्यवहार विष बमन गर्दै अभिव्यक्ति,
मानवताहिन नेतृत्व आतंकवादी राज्य-सत्ता,
नागरिक आखिर किन मौन ??

मातृभूमि बलात्कृत हुँदासम्म,
इतिहास मेटिदासम्म,
भविष्य अन्धकार हुँदासम्म,
नागरिक आखिर किन मौन ??

२०२१ मा जवाफ पाउने आश र विश्वासको कामना साथ अंग्रेजी वर्ष २०२१ को हार्दिक मंगलमय शुभकामना 🌷🌹

New is the year,
New are the hopes and aspirations,
New is the solution and revolution,
New are the spirits to fulfill the internal desire of “MUKTI”,
Wish You All Very Very Happy English New Year 2021 💐