ज्येष्ठ नागरिक र बालबालिकाहरुलाई चिसो मौसममा, चिसोका कारण लाग्ने रोगले बढी सताउँछन । गाउँघरतिर आगो बालेर बस्नाले पनि न्यानो कपडाका अभावले रोगहरू निम्त्याउने गरेको पाइन्छ । सामुदायिक विद्यालयमा पढ्ने गरिब परिवारको बालबालिकाहरुलाई न्यानो कपडा नरहेकोले अत्यधिक चिसो भएको समयमा क्लास न आउने गर्छन् । धेरै बालबालिकाहरुले न्यानो कपडा नभएकै कारण विद्यालय आइरहेको हुँदैन । अहिले वर्तमान नेपालको राजनीति पनि लथालिङ्ग भएको छ । वर्तमान घटेको घटनाले यस्ता चिसोबाट पीडित भएको बालबालिका र ज्येष्ठ नागरिक प्रष्ट हेरिन्छन । स्थानीय र प्रदेश सरोकारवाला पनि कानमा तेल हानेको हो जस्तो छ । २/४ गाउँमा फोटो सेल्फी लिन्छ अनि बाकी ठाउँमा खेपिरहेका गरिब परिवारको समस्या हेरिरहेका छैन मात्र चुनावमा हेरिन्छ ।

दिनानुदिन अत्यधिक चिसो बढेसँगै यसबाट प्रत्यक्ष असर प्रभाव बालबालिका र ज्येष्ठ नागरिकलाई नकारात्मक रूपमा पर्न सकिन्छ, जसको जिम्मेवार तीन तहकै सरकारमाथि हुनेछन् । अत्यधिक चिसोले ज्येष्ठ नागरिक र बालबालिकामा निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिस, रक्तचाप, हाइपोथर्मिया लगायतका रोग लाग्ने सम्भावना हुनेछ । यस्तो दुर्घटना न हुन का लागि समयमै चिसो बाट बाच्ने वस्तु सामग्रीको उपलब्धता बनाइ उनीहरूलाई चिसो मौसममा जोगाउनुपर्ने हुन्छन् । त्यसैले भन्छु नेताकार्यकर्ताहरुलाई यदि भोट बचाउनु छ भने जनता बचाइहाल, जनता र त्यसका बालबालिका बचे भने तपाईंको भोट पनि बाचिन्छ। अत्यधिक जाडो मौसमबाट बचाउन बाक्लो र न्यानो कपडा गरिबी क्षेत्रको ठाउँमा बस्ने ज्येष्ठ नागरिक र बालबालिकाहरुलाई तीन तहकै सरकारले व्यवस्था ल्याउनुपर्छ र मुख्य जिम्मेवारी त स्थानीय सरकारको हुनुपर्ने भन्दै छु। गरिबीका कारण खान लाउन नपुग्ने सम्मका परिवारको लागि छिटोभन्दा छिटो सरकारले जाडो मौसमबाट बाच्न न्यानो लुगाको वितरण गर्नुपर्ने हुन्छ । ज्येष्ठ नागरिक र बालबालिकालाई राजनीतिको टार्गेट न बनाएर समस्याको समाधान गर्न जसरी नै गर्नुपर्ने हुन्छ। समाज र राष्ट्रले दायित्व बहन गर्नुपर्ने परिस्थितिको निर्माण गर्नुपर्ने देखिन्छ ।

तनविर रेजा राइन पि.
अध्ययनरत +2 (त्रिभुवन आ. मा. वि. )
जनकपुरधाम, धनुषा |