धनुषा – धनुषा जिल्लाको कमला नगरपालिकामा जसपाको समायोजनमा एक्कल निर्णयका कारण बैठकमा विवाद भएको थियो।।पुर्व समाजवादी तथा पुर्व रा .जा.पा. पार्टी नेपालको समायोजनको लागि कमला नगरपालिका -४ सघारामा बसेको बैठकको क्रममा नगर कार्यदल तथा राजपाको प्रतिनिधि षदानन्द यादव ,कार्यदलका सदस्य इसराफिल अन्सारी र रामदयाल साह बिच आपसी विवादका कारण समायोजन स्थगित गरेको हो।
केहि व्यक्तिको एक्कल निर्णय को कारण विवाद तथा अभद्र व्यवहार समेत भएको थियो। समायोजन समिति द्वारा गरेको निर्णय अनुसार जब सम्म जिल्ला अध्यक्ष ज्यू द्वारा समाधान हुदैन तब सम्म को लागि समायोजन काम बन्द रहेने बतानु भयो। त्यही व्यक्ति त्यो समायोजन समिति लाई न खोजि त्यहाँ का पुर्ब सपा. र पुर्ब रा. ज. पा. मेयर प्रतियासी हरु लाई जानकारी नै नदिएर नगर अध्यक्ष समेत लाई जानकारी न दिएर आफ्नो ढंग ले समायोजन गरेर पार्टी लाई कमजोर पार्दै बताउनु भयो।
सो बैठकमा विवाद भएपछि जसपाका जिल्लाका नेता तथा केन्द्रिय नेताहरूलाई ध्यानाकर्षण समेत गराएको इसराफिल अन्सारीले जानकारी दिनुभयो।
Discussion about this post