• बसन्त कुवर

तल्ला प्रहरी अफीसर हरु बीच आइजीपी साब हरुको अलोकप्रीएताको एक प्रमुख कारण बन्यो प्यादो हरुको रक्षा र संरक्षण।अर्थात उंहा हरुले तल्ला अफीसर हरुको हुल बाट केही अफीसर हरु लाइ आफ्नो मान्छे, मेरो मान्छे, मैले भनेको मान्ने मान्छे,मलाइ सहयोग गर्ने ,पैसा दीने र पैसा मीलाइदीने मान्छे,मेरा पदोन्नतीका लागी लड्ने र खटीने मान्छे, मेरो जातको , नाताको अनी क्षत्रको मान्छे ,मेरो प्रसंसा गरेर हीड्ने मान्छे, मलाइ अरुको कुरो लगाउन आउने मान्छे,म संग तास खेली दीने र दारु पीइदीने मान्छे, दारु ल्याइ पनी दीने मान्छे, मेरो घर जग्गा जोडी दीने मान्छे, मेरो श्री मतीको कीनमेल देखी बाल बच्चाको बीबाह र पढाइ सम्मका लागी लगानी गरीदीने मान्छे,म हजुरकै हुं भन्ने मान्छे, मलाइ समए समएमा पार्टी खुवाइ रहने मान्छे, शक्ती केन्द्रको नजीक भएको मान्छे ,।अर्थात मैले भनेको जम्मै मान्ने प्यादो मान्छे ।

यस मान्छे लाइ म भबीश्यको आइजीपी बनाउन चाहान्छु र आजै बाट तक्मा दीने देखी पदोन्नतीमा माथी पार्दै लैजान्छु।धन कमाउने ठॉउंमा राखी दीन्छु ।आपत आइ लागे संरक्षण गर्छु ।म यस्लाइ माथी तान्छु ।

प्यादो हरुको जन्म यस्तै सोच बाट हुदो रहेछ। बस् जब कुनै आइजीपी वा हाकीम साब लाइ यस्तो सोच आयो र उन्ले त्यही सोचमा काम गर्न थाले भने बुझे हुन्छ वॉहा हरुको मान प्रतीष्ठा र सम्मान , तल्लाका नजरमा पतन हुन सुरु भयो ।ती हाकीम साब त्यसै दीन बाट साना भए ।खुम्चीए र तल्लाका नजरमा घ्रीणाका पात्र हुन सुरु भए ।उन्को अलोकप्रीएता र पतन यही प्यादोको पछी लाग्दा हुने नीश्तीत छ कीनकी एक त प्यादोको पछी लाग्दा उन्लाइ माया र सम्मान गर्ने सैयौ अफीसर हरु उनी बाट टाढा टाढा हुने पक्का छ ।

दोश्रो जब हाकीमले अफीसरको ब्रीत्त बीकाषमा झेल गरी कुनै लाइ माथी लैजान ब्यक्तीगत रुची राख्दछन् र पहल गर्दछन् , मेरो अनुभबमा उन्को पतन पनी त्यंही बाट सुरु हुन्छ।यस्ता हाकीम जत्ती सुकै माथी कीन नपुगुन् , कदापी सम्मानीत हुन सक्तैनन् र अबकास पछी लुकेर हीड्ने अबस्था आउन सक्छ ।

प्रत्यक अफीसर हरुको क्यारीएर बहुतै संबेदन सील हुन्छ प्यादो संरक्षणको नाममा कसैको क्यारीएर संग खेलबाड गर्नु हुदैन। म केही महीना आइजीपी प्रदीप साब को मुख्य पी.ए पनी भंएं। खरेल साब र ध्रुब साबको लडाइमा प्रदीप साब खरेल साबको साथमा हुनु हुन्थ्यो।पीए भएर गाडीमा आइजीपी साब संग बाहीर टुरमा जॉदा बाटा भरी घन्टौं सम्म अनेकौं कुरा हरु हुन्थे नै ।म एक पटक प्रदीप सर संग पश्चीमको टुरमा जॉदै थीएं।

प्रधान साब र खरेल साबको कुरा चल्यो। वॉहाले भन्नु भयो “ ध्रुब साब बास्तबमै असल र ब्यबसाइक अफीसर हुनु हुन्थ्यो, मलाइ मन पनी पर्दथ्यो, उन्ले मलाइ आइजीपी बन्न साथ देउ भनेर आफै भेटेरै भनेका पनी हुन् तर मैले कसरी सहयोग गर्ने ? उनको ज्वाइ नै क्रीष्ण मोहन भए पछी उन्ले आफ्नो ज्वॉइ लाइ आइजीपी नबनाइ मलाइ बनाउछन् ? त्यसैले मैले खरेल लाइ सहयोग गरें।त्यो मेरो बाध्यतानै थीयो ।” गाडी अगाडी बड्दै थीयो मैले सोंधे खरेल साब आइजीपी भए पछी हजुर लाइ के फाइदा भयो त “ प्रदीप साबले अली उत्तेजीत भै भन्नु भयो “ के हुन्थ्यो मद्दत ? खरेल साब आइजीपी भए पछी मलाइ उन्को स्थानमा एआइजीपी बनाइदीने सहमती थीयो तर उनी आइजीपी भए पछी त मेरो पदोन्नती नै उठाइदीएनन् र उन्ले त झन् अरु एआइजीपी थपी बान्तबा साब समेत संग मलाइ पनी एउटै लटमा आइजीपी बनाउने पो कुरा गर्न थाले।जब एउटा एआइजीपी खाली छ र म सीनीएर छु भने मलाइ पदोन्नती दीए हुन्थेन।?उस्को त बान्तबा लाइ पो माथी तान्ने मनसाए रहेछ ।त्यस पछी त म उनी संग रुष्ट भै हॉले नी ।

धन्ना प्रमोसन नहुदै ध्रुब साब आइजीपी भए र उन्ले मलाइ नंबर १ मै पदोन्नती गरीदीए ।मलाइ सीनीएर भएका कारण आइजीपी हुन सजीलो भयो। खरेलले त झण्डै बर्बाद नै गरी दीएको ।उन्को मनसाए बान्तबा लाइ ल्याउने पो रहेछ ।” ………. यो एउटा सानो उदाहरण मात्र हो जॉहा हामी लाइ प्रष्ट हुन्छ की चाहे इन्सपेक्टर हुन् वा हुने वाला आइजीपी , क्यारीएर प्रती सबै उत्तीकै संबेदनसील हुन्छन् तर “प्यादो प्रेमी “ हाकीम साब हरुले यो कुरा बुझ्न सक्तैनन् र तल्ला अफीसरको जीबन भरीको अपमान, दुस्मनी र तीरस्कार कमाउदछन्। एउटा कुरा शैधान्तीक रुपले नमाने पनी ब्यबहारमा मान्नै पर्ने हुन्छ की प्रसासन चलाउदा सबै माथी बीश्वास गर्न सकीन्न।

एउटा आइजीपीले त्यो पदमा पुग्नका लागी हाम्रा ऑखाले नदेखीने अनेकौ संझौता हरु गरेर आएको पनी हुन सक्छन्। उन्लाइ पैसा कमाउनै पर्ने र खास खास अफीसर त्यो कामका लागी भनेर खास खास स्थानमा खटाउनै पर्ने बाध्यता पनी हुन सक्छ । तर यती हुदा हुदै पनी ती आइजीपीको आफ्ना ब्यक्तीगत आबस्यकता र ऑकॉक्षा भन्दा ठुलो जीम्मेवारी र कर्तब्य त समाज ,देस ,संगठन, प्रहरी कर्मचारी र सरकार प्रती पनी हुन्छ नै ।

जब आइजीपी साब हरुले मुख्य बीषए तीर ध्यान नदीइ त्यो पदमा रहेर केबल आफ्ना नीजी स्वार्थ पुरा गर्न र लामो जागीर खान प्रधान मन्त्री ग्रीह मंन्त्री र सचीब लाइ मात्र हाथ लीएर प्रसासन चलाउन थाल्नु हुन्छ त्यस पछी समाजमा ल एण्ड अर्डर को स्थीती बीग्रन्छ ।वॉहा हरुले आफ्ना ब्सक्तीगत आकाक्षा लाइ जती महत्व दीएको हुन्छ त्यत्तीकै देस समाज प्रहरी हरुका लागी पनी ध्यान दीनु पर्ने हुन्छ ।मैले देखेको धेरै आइजीपी साब हरु यंही चुक्नु भयो।

जब बास्तबीक प्रहरी कार्य भन्दा नीजी स्वार्थ हाबी भयो, त्यो नीजी काम गर्न गराउन ब्यबसायीक र इमान्दार प्रहरी अफीसर भन्दा पनी बेइमान हरुको आबस्यकता पर्न थाल्यो। उदाहरण लाइ भनौं , यदी कोही आइजीपी साब ले तलका अफीसर लाइ कम हेलीकोप्टर चलाइ बडी घन्टा चलेको बील बनाउ भनी नीर्देसन दीए के सबै अफीसर ले त्यो काम गर्न मान्छन् नै भन्ने छ ? बीमान स्थलमा रहेर तस्करी गराउ ? के यो सब अफीसरले गर्न मान्छन् नै भन्ने छ ? केरकार र पैसा कमाउने ठाउमा बसी पैसा बुझाउ? के यो सबले हुन्छ भन्छन् नै भन्ने छ ? फौज लाइ कम ग्रेडको सामान मगाउ र कमीसन धेरै बुझाउ वा कल्याणकोस बाट कमीसन खाने काम मीलाउ , के यो सब अफीसर ले हुन्छ हजुर नै भन्ने ग्यारेन्टी छ ? चुनाबमा फलानो लाइ जीताउ? के सबै अफीसर ले यो आदेस मान्छन् ? मान्दैनन्। हो त्यसैले यॉहा ब्यबसाइक भन्दा प्रहरी नेत्रीत्वलाइ प्यादो हरु चाहीने भयो जस्ले जे जस्तो अनैतीक काम पनी गर्न र गराउन तयार होउन्। तर ती प्यादो हरु आइजीपी हुन भने लाएक हुनु हुन्थेन।

आइजीपी साब हरुले त्यस समए भन्नु पर्दथ्यो “ तीम्ले त मै संग टन्न पैसा कमाइ हाल्यौ नी ! तीम्लाइ यती भए भै हाल्यो नी ! फौजको सर्बोच्च कमाण्डरमा त इमान्दार बहादुर नैतीक र जनताका बीस्वास बटुलेका हरुलाइनै पठाउनु पर्दछ “। वॉहा हरुले यसो गर्नु पर्नेमा त्यो नगरी उल्टो ब्यबसाइक र संगठनलाइ आबस्यक पर्ने अफीसर हरु लाइ षडयन्त्र पुर्बक बीगारी ,प्यादो हरु लाइनै तक्मा, पदोन्नती, सीनीयोरीटी,पैसा र सर्बोच्च पद पनी दीलाउन थाल्नु भयो ।अनी फौजनै भ्रष्ट भयो।सब देखाउने एउटा हुने अर्कै भए । हामी जस्तै ।नाटककारका बथान।बाहीर देखीने एउटा , भीत्र आर्कै।

फौज यही प्यादो प्रेमकै कारण कमजोड कमजोड हुदै गएको हो ।कमाण्डर हरु पनी यही प्यादो प्रेमकै कारण तल्ला अफीसर हरुको नजरमा गीर्दै गीर्गै गएका हुन्।एक आइजीपी ले ब्यक्तीगत स्वार्थ र देस तथा संगठनको स्वार्थ, दुबै बराबर हेर्न सक्नु पर्दछ ।प्यादो लाइ क्याडरीडं गरी अप्राक्रीतीक रुपले माथी लैजान त हुदै हुदैन।त्यो नीर्णए भबीश्यमा संगठनका लागी मात्र होइन आफ्नै लागी पनी प्रतीउत्पादक साबीत हुने छ।