• बसन्त कुवर

कमाउनुको अर्थ “ केही नगद, केही जीन्सी, केही सेएर वा केही बीदेशी मुद्रा मात्र होइन रहेछ , बल्की अनुभब, संस्कार, इज्जत, सम्मान, मान प्रतीष्ठा र संबन्ध हरु पनी रहेछन्। आज कलम यतै तीर चलाएको छु ।
कुरो करीब १० बर्ष अघीको हो , म नार्कोनन् सेन्टरको परामर्स केन्द्रका लागी भाडामा लीन एउटा उपयुक्त घर खोज्दै थीएं र गंगालाल अस्पताल वरीपरी मैले एक घर भेंटे ।त्यो घर उपचारमा आउने ब्यक्तीका लागी थीएन बल्की पीडीत परीबार लाइ राए सल्लाह प्रदान गर्नका लागी थीयो ।त्यस कम्पाउण्डमा तीन घर थीए जस मध्य एकमा घर पेटी बस्दा रहेछन् र देश्रो पुरानो खाली भान्सा रहेछ र म तेश्रोको कुरा गर्दै थींए।घर बगैंचा र स्पेस मनमोहक थीयो ।

फुल हरु ढकमक्कै फुलेका थीए। मैले त्यो घर आफ्नो परामर्श क्लीनीकका लागी लीने नीर्णए गंरें र घरपेटी भेंटेन चॉहे।त्यॉहा काम गर्ने एक माली मात्र थीए।उनी घरपेटी बोलाउन गए । केही समए पछी दुइ जाना सुकीलो कपडा लगाएका करीब ७० बर्षका बुढा बुढी आए ।दुबै आकर्षक र प्रभाबसाली थीए। बुढा ले अंगेजीमा सोध्नु भयो “ तपाइ घर लीने हो ? “ मैलो हो हजुर भने।”त्यस पछी वॉहाले कीन लीने ? कारण सोध्नु भयो ? मैले बतॉएं।पहीला त वॉहा हरुले त्यो घर नदीने बताउनु भयो तर के लाग्यो कुन्नी त्यस पछी मलाइ भन्नु भयो “ सुन्नुहोस् , टीप्नु पनी होस् , यॉहा एक पटकमा ३ जाना भन्दा बडी बाहीरका मानीस हुनु हुदैन, हल्ला बील्कुल हुन हुदैन, गाडी बाहीरै पार्क हुनु पर्दछ,फुल हरु छुन पाइदैन,ट्वाइलेट प्रयोग गरे पछी सफा गर्ने र अहीलेको जस्तै संधै टल्केको हुनु पर्दछ, खाना पकाउन पाइन्न, ……!!!!।

ती बुढा बुढीले यत्ती धेरै सर्त हरु राख्न भयो की हामी जुन कारणले त्यो घर लीन गएका थींयौ , त्यो उध्यस्यनै पुरा हुने देखीएन। हामीले घर छोड्यौं। त्यो घर छोडेको केही दीन पछी मैले त्यॉहा नेचुरल केएर सेन्टर जस्तो बोर्ड टॉसीएको देंखे।मानीस पनी २५ जाना जस्तो भेला भएको देखें।कौतुहल लागेर भीत्र गएं ।

त्यॉहा फीजीयो थेरापी जस्तो रहेछ। भाडामा लीने मावोबादी पार्टीकै ब्यक्ती रहेछन्।मैले त्यॉहाका प्रमुख लाइ भेटी सोंधें” होइन यॉहा त अनेक नीएम थीयो तपाइले ती सबै सर्त हरु कसरी मान्नु भयो? कसरी अस्पताल चल्छ तीन जाना भन्दा बडी यॉहा आउन नपाउने भए पछी ? उन्ले भने “ के गर्ने सर भनेझै घर कतै पाइदैन त्यसैले मैले बुढा बुढीले जे जे भने हस् हस् भने , जे जे सही गराए गरी दींए र घरमा बसी सके पछी ती नीएम केही पनी मानीन।

बुढा दीनमा ६ चोटी कराउन आउछन् , यो भएन त्यो भएन भन्छन् एउटा कानले सुन्छु अर्कोले उडाउछु ।पालनानै गर्न नसक्ने सर्त हरु भए पछी के गर्ने त ? अस्ती हट मेरो घर बाट भन्दै थीए मैले उसो भए मेरो क्षती पुर्ती १ करोड दीनु भनीदीएं , फन्केर मुर्मुरीदै अदालतमा मुद्दा हाल्छु भनी गएका थीए त्यस पछी तीन दीन भयो यता आएका छैनन्।

आनन्द भो तीन दीन त फेरी कती बेला आइ पुग्ने हुन् ठेगान छैन ? यती भनी उनी खुब हॉसें। त्यो नेचुरल क्लीनीक नीक्कै भीडभाड थीयो।क्लाइन्ट हरुले फोहर पनी गरी रहेरा थीए।ती घरपेटी बुढा र बुढी करीब २५ बर्ष जापाननै बसेका रहेछन् र उनी हरुको एक बच्चा पनी त्येतै नागरीक भै बसेछन्।बुढा बुढीले मेहनत गरी धेरै पैसा कमाए पछी उनी हरु नेपाल फर्की यॉहा करीब ३ रोपनी जमीनमा यी सानदार घर हरु बनाएका रहेछन् ।

नेपालको घर लाइ पनी उनी हरुले जापानको जस्तै फुल बारी ले ढाकीएको र सुन्दर बनाएछन्। उनी आफु बस्ने घरमा त करीब १० कोठा रहेछन् र सबै फाइब स्टार होटेलका कोठा जस्ता ।बुढा बुढीको प्रत्यक नीएम जापानकै जस्तो रहेछ ।उनी हरुलाइ सान्त र सुन्दर बाताबरण चाहीने रहेछ तर त्यॉहा जो भाडामा आए ती त महा हल्ला बाज थीए।

म फर्कीए , त्यस्को करीब दुइ महीना पछी म आफै ढॉड दुखेर त्यॉहा गए। त्यो केन्द्रमा भीड मात्र होइन फोहर पनी त्यत्तीकै देंखें ।दुर्गन्धनै पनी थीयो।।मैले फेरी संचालकलाइ भेटें।उनी खुसी देखीए ।मैले सोधे आजकल घरपेटी ठीक भए की क्या हो ? उन्ले हॉस्दै भने “ गज्जब राम्रो भयो नी सर “ बुढा लाइ त पार्कीडंसन भन्ने रोग लाग्यो ।त्यस पछी बुढी पनी त्यही रोग ले ग्रसीत भइन् ।
यो रोग लागे पछी पुरानो कुरा सब बीर्षने गर्दछन्।अहीले बुढा बुढीलाइ यो घर कस्को भन्ने पनी थाहा छैन। परीबारका कोही छैनन्। कहीले कॉही टाढाको भान्जो पर्ने आउछन्। बुढा बुढी कोठैमा हुन्छन्।दीसा पीसाब पनी लुगामै गर्छन् रे ।मैले उनी हरु बस्ने घरको पनी कोठा हरु लींए ……उनी इ सब कुरा भनी रहदा यत्ती खुसी देखीए की म हेरेको हेरैं भंए।

केही समए पछी त्यो घर नै बेचीएछ ।सुने बुढा बुझीको नीधन भयो रे र भान्जा पर्ने ले त्यो घर बेचे रे ………। आज म यो प्रसंग यस कारण लेख्दै छु की ती दंम्पतीले जीबन भरी बीदेसमा गोरु झैं जोतीएर नगद र जीन्सी त खुब कमाए तर मान्छे कमाएनन् ।ती प्राक्रीतीक चीकीत्सक उन्को नजीक थीए तर उन्को बुढा बुढी संग केबल स्वार्थको नाता थीयो।

कुनै भाबनात्मक प्रेम, संबन्ध ,इज्जत , सम्मान को नाता थीएन। जब बुढा बुढी लाइ पार्कीन्सन भयो , उनी खुसी थीए। टाढाका भान्जा पर्ने हरु आएर बुढा बस्ने कोठा हरु पनी भाडामा दीएर पैसा लीइ रहेका थीए।सब लुटी रहेका थीए तर बीबस ती बुढा बुढी संग केबल नगद र जीन्सी मात्र थीयो जुन उपयोग र प्रयोग गर्न पनी उनीहरु असमर्थ थीए।

उन्लाइ प्रेम सम्मान र माया गर्ने हरु कोही थीएनन ।जापान बस्ने छोरा छोरी ले नेपाल आउन केही दीनको बीदा पनी पाइ रहेका थीएनन्।बुढा बढी बुजेस काल आराम संग बीताउन नेपाल आएका थीए ,तर तीन्ले सोचेझै आराम पाएनन् ।

भान्जा पर्ने ले पार्कीडंसन अबस्थाका बुढा बुढी संग ल्याप्चे लीएर सब आफ्नो बनाइ त्यो घर हरु बेची दीए रे भन्ने सुनें। आज हामी सब कमाउनै ब्यस्त छौं ? कमाएको थन्काउनै चीन्तीत छौं तर के हामीले सोचेका छौ ? नगद जीन्सी मात्र कमाएर पुग्दैन , प्रेम, सम्मान , इज्जत , प्रतीष्ठा र सबै भन्दा ठुलो कुरो मान्छे हरु पनी कमाउनु पर्छ भनेर ???? खाली कीडं मीदास झै भएर पैसा पैसा पैसा भन्दै हीडेर मात्र पनी त नहुने रहेछ नी ? मान्छे पनी त चाहीने रहेछ ।ती मान्छे हरु को को कमाइयो त ???खोजौ न वरी परी।के हामीले प्रहरीमा जाहीर खाएर मान्छे पनी कमाएका छौ की धन मात्र ? एक पटक वरी परी हेरौं।