मधेश टप , जनकपुरधाम । आचार्य चाणक्यका प्रेरक भनाई अनि नीतिहरु
प्रेरणादायी वा प्रेरक भनाईहरु भन्ने बित्तिकै, “कुनै पनि कुरा जस्ले हामीलाई प्रेरणा दिन्छ र आफु भित्र सकारात्मक सोच विकास गर्नुका साथै हाम्रो हौसला बढाउँन र हामीलाई प्रेरित गर्न सहयोग गर्छ भने”, त्यस्ता भनाईहरुलाई हामी प्रेरणादायी वा प्रेरक भनाईहरु भन्ने गर्छौ ।

संसारमा यस्ता अनगिन्ति भनाईहरु भनिएका छन, जस्ले हामीलाई प्रेरणा त दिन्छ नै साथै आफुमा विश्वास राखन र सकारात्मक भएर काम गर्न प्रेरित गर्छ। यस्ता भनाईहरु हामीले बिभिन्न माध्यमबाट पढ्न र सुन्न सक्छौ । यदि हामीले, त्यस भनाईको अर्थ बुझ्न सक्यौ भने त्यी भनाईहरुले हामीलाई ज्ञान त दिन्छन नै साथै प्रेरणा पनि दिने गर्छन ।

यहाँ हामीले पनि हाम्रो ज्ञान बढाउने र प्रेरणा दिने आचार्य चाणक्यका प्रेरक भनाईहरु प्रस्तुत गरेका छौ । चाणक्यले यस्ता कुरा बताएका छन्, जुन कुराले व्यक्तिलाई जीवनमा कहिले हानी वा नोक्सानको सामना गर्नुपर्दैन् । उनले धेरै जीवन उपयोगी भनाई भनेका छन जुन मध्ये केही हामीले यहाँ प्रस्तुत गरेका छौ । [भाग – २]

१) गुणले मान्छेको पहिचान हुन्छ ठुलो सिंहासनमा बस्नाले होइन, महलको उच्च शिखरमा बसे पनि कागलाई गरुड भन्न असम्भव छ ।

२) आफ्ना गोप्य कुराहरु कसैलाई नभन । त्यसले तिमीलाई नष्ट गरिदिन सक्छ ।

३) व्यक्ति एक्लै जन्मन्छ र एक्लै मर्छ पनि, र उ आफ्नो राम्रो र नराम्रो कर्मको फल स्वयंमले भुक्तानी गर्छ र उ एकलै नर्क वा स्वर्ग जान्छ ।

४) आफ्नो ईमान र धर्मलाई बेचेर गरेर कमाएको धन आफ्नो कुनै कामको हुदैन, अत: त्यसको त्याग गर्नु तपाईको लागि उत्तम हुन्छ ।

५) फूलको सुगन्ध हावाको दिशातिर मात्र फैलिन्छ । तर, मान्छेको राम्रा कामहरुको सुगन्ध चारै दिशामा फैलिन्छ ।

६) परिश्रम त्यो चाबी हो, जस्ले भाग्यको ढोका खोलि दिन सक्छ । ७) यदि सर्प बिषालु छैन भने पनि उसले स्वयंमलाई बिषालु देखाउनु पर्छ ।

८) अरुले गरेका गल्तीहरुबाट पाठ सिक्ने गर। किनकी ती सबै गल्ती तिमीले दोहोर्याउनको लागि तिमीसंग अत्यन्तै कम समय छ । ९) कुबेरलेनि यदि आय भन्दाबढी व्यय गर्यो भने उ नि कंगाल भन्छ ।

१०) मुर्ख ब्यक्तिको लागि किताब उतिनै उपयोगी हुन्छ, जति एक अन्धो व्यक्तिको लागि ऐना । ११) मानिस महान उसले गर्ने कामले हुन्छ, उसको जन्मले होइन ।

१२) तिमीलाई सफलता दिलाउने वा नष्ट गर्ने सबै तिमीले गरेको समयको उपयोगमा भर पर्छ । १३) जब सम्म तपाईको शरीर स्वस्थ र नियंत्रणमा छ र मृत्यु टाडा छ, आफ्नो आत्मालाई बचाउने कोशिश गर्नु, जब मृत्यु तपाईको शिरमा आउनेछ तब तपाईके गर्न सक्नु हुन्छ ?

१४) यो कुरालाई ब्यक्त हुन् नदिनु कि तिमी के गर्नलाई सोच्दै छौ, बुद्धिमानीले यसलाई रहस्य बनाई राखनु र त्यो काम गर्नलाई अटल भएर बस्नु

१५) दुष्ट मान्छेको मिठो कुरामा कहिल्यै भरोसा नगर्नु, किनकी उ आफ्नो मूल स्वभाब कहिले छोड्न सक्दैन, जसरि सिंहले कहिले हिंसा छोड्न सक्दैन ।

नोट : तपाईलाई आचार्य चाणक्यका यी प्रेरक भनाईहरु कस्तो लाग्यो ? यदि राम्रो लागेको छ र अरुको जीवनमा पनि यी भनाईहरुले सकारात्मक परिवर्तन ल्याओस र अरुलाई पनि केही गर्न प्रेरित गरोस भन्ने चाहानुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् र सबैमा सकारात्मक सोचको विकास गर्न पनि सहयोग र थप प्रेरणा मिल्नेछ । अनि के थाहा तपाइको एक सेयरको कारण कसैको जीवन बदलियोस ।