• खगेन्द्र अबस्थि

कैलाली :  जिन्दगि के हो मलाई केहि थाहा थिएन, जिन्दगीमा रमाउदै जादा डाँडा काडा घुम्दैजादा एक गाउले जिबनमा मेरो एकाएक परिबर्तन आयो म सोच्ने गर्थे हामि गाउले के गर्न सक्छौ भारत गयर अर्काको दास भयर काम गर्नु पर्छ भन्ने मेरो धारणा थियो, मेरो परिवार एकदमै निम्न छ हामि सानै मान्छे हौ, परिवारमा मिल्नै गयौं आमा बाबा सबै एक थियौ एकाएक दिदिहरूको बिहे भयो अनि म एक्लै परे त्यसपश्चात मलाई सत्मार्गमा डोर्याउने सत्यको बाटोमा हिडाउने मलाई हौसला दिने तिमि प्रयास गर भाई अगाडि बढ्छौ भनेर प्रेरणा दिने प्यारो दाई सुरेन्द्र शाहि बिबेक प्रति मनैबाट नमन ।

दाई हजुरले मलाई सधै सत्यको मार्गमा हिड्ने प्रेरणा दिनु भयो म बाटोमा खेल्ने मान्छे काम गर्ने भय म ह्या को पढ्छ भनेर किताब फाल्ने मान्छे किताब पढ्ने भय जिन्दगिमा केहो काम गर्नलाई सधै हार खाने मान्छे म हार नखाने भय म सधै सत्यको बाटोमा हिड्ने भय म त एक लाचार जिन्दगी बोकेर हिडिरहेको मान्छे थिय मेरो जिबनमा एका एक एसरि परिबर्तन आउनु म दाईले गर्दा हो म मेरो दाई प्रति सधै आभारी हुनेछु दाई यो एक्लो भाइलाई कहिलै नबिर्सनु होला दाई।

त्यो समय थियो जुनदिन मैले दाइलाई चिनेको समेत थियन एकाएक दाईको फोन आयो दाईले म संग गर्नु भयको कुराले मेरो मन मष्तिस्कमा गयर बस्यो मलाई हरेक क्षेत्रबाट हरेक ठाउबाट सहयोग गर्दै जानु भयो धेरै कुराको सल्लाह म दाइबाट लिने गर्थे तर आज एका एक घटना घट्यो म एक्कासि अस्पताल पुग्नु पर्यो दाइलाई कति भन्ने कति तनाब दिने भनेर मैले दाइलाई केहि भन्न सकिन मन धेरै रूँदै थियो मेरो आफ्नो दाई भाई त कोहि छैनन तर खोई किन हो मलाई दाईले दिनु भयको त्यो अपार मायाले आफ्नै दाई जस्तै लाग्न थाल्यो मैले मेरो दाई प्रति सधै आभारी थिय, दाईले गर्नु भयको अपारमायाले म सधै प्रभाबित भय सधै हुने छु पुनः दाई हजुरको यो अपार माया म कहिलै बिर्षने छैन मेरो दाई।