काठमाडौ : शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स ) का लागि विज्ञापन आह्वान गरेको छ ।
इच्छुकहरूले आजदेखि २९ वैशाखसम्म फारम भर्न सक्ने छन् ।

तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट फारम भर्न सक्ने आयोगले जनाएको छ ।