मधेशटप फागुन १२ गते ।
यो वर्षको एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक राष्ट्रिय परीक्षाबोर्डको नियमावली–२०७६ संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री परिषद्मा पठाएको परीक्षा बोर्डको नियमावली स्वीकृत भई राजपत्रमा प्रकाशित भएको छ ।
सोही नियमावलीअनुसार यो वर्षको एसईई परीक्षाको सम्पूर्ण अधिकार प्रदेश सरकारमा हस्तान्तण भएको छ ।
मन्त्रालयले संघीय शिक्षा ऐन ल्याएर परीक्षा सञ्चालनदेखि लब्धांकपत्र वितरण गर्नेसम्मको अधिकार प्रदेशलाई दिने अन्तिम तयारी गरेको छ ।
यस वर्षको एसईई परीक्षा आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक भइसकेको छ ।
Discussion about this post