आजको राशिफल : २०७७ कात्तिक २ गते (१८ अक्टोबर २०२०)

मेष 

आर्थिक पक्ष सबल रहनेछ । काममा विपक्षीहरुले औंला उठाउनेछन् । नयाँ काम सुरु गर्नको लागि भने आजको दिन राम्रो रहेको छ ।

वृष

आर्थिक लाभ मिल्नेछ । आफ्नो बोलीबाट अरुलाई प्रभावित पार्न सकिनेछ । वैवाहिक सम्बन्धमा मतभेद उत्पन्न हुनेछ ।

मिथुन 

स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । प्रेमसम्बन्ध सुमधुर रहनेछ । काममा कडा मिहिनेत गर्नुपरेतापनि सफलता हात लाग्नेछ । मिष्ठान्न भोजनको योग रहेको छ ।

कर्कट 

खर्च बढ्नेछ । साझेदारीको काम आज नगर्नु नै उत्तम हुनेछ । वैवाहिक सम्बन्ध सुमधुर हुनेछ । दिनभर सकारात्मक सोंचले प्रेरित भइनेछ ।

सिंह 

नकारात्मक सोंच हावी हुनेछ । प्रेमसम्बन्ध सुमधुर रहनेछ । हिम्मतले काम गरेमा नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

कन्या 

घरमा शुभकार्यको आयोजना हुनेछ । काममा आलोचना सहनु पर्नेछ । वैवाहिक सम्बन्ध राम्रो रहनेछ । आर्थिक कारोबार गर्नु अगाडी विचार पुर्याउनुपर्ने समय रहेको छ ।

तुला 

साझेदारी काममा फाइदा हुनेछ । आत्मविश्वास बढ्नेछ । खानपानले गर्दा स्वास्थ्यमा केही गडबडी देखिनेछ । वैवाहिक सम्बन्ध राम्रो रहनेछ ।

वृश्चिक 

जीवनसाथीको स्वास्थ्यमा समस्या आउनेछ । शुभ कार्यको चर्चा चल्नेछ । यात्रामा सामान चोरिने या हराउने सम्भावना रहेको छ । 

धनु 

बेलुकापाख आर्थिक लाभ हुनेछ । प्रेमसम्बन्ध सुमधुर रहनेछ । मनमा हर्ष बढ्नेछ । काममा प्रगति हुनेछ । गोपनियतामा भने ध्यान दिनुपर्ने समय रहेको छ ।

मकर 

आफ्नो प्रयास र समझदारीले गर्दा सोंचेको काम पूरा हुनेछ । वादविवादबाट टाढा रहनु आजको लागि राम्रो हुनेछ । परिवारमा मतभेद उत्पन्न हुनेछ ।

कुम्भ 

रमाइलो भेटघाटको अवसर जुट्नेछ । सम्पत्ति सम्बन्धि निर्णय लिंदा विशेष ध्यान पुर्याउनुपर्ने समय छ । व्यवसायिक लेनदेन गर्दा सजग रहनु आजको लागि राम्रो हुनेछ । आकस्मिक यात्राको योग रहेको छ ।

मीन 

काम सफल हुनेछ । शरीर स्फूर्त रहनेछ । मान प्रतिष्ठा तथा पुरस्कार मिल्ने योग रहेको छ । परिवारसंग खुशीका साथ दिन बित्नेछ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर