काठमाडौं । भारतीय बलर जसप्रीत बुमराहले बुधवार ब्यांग्लोरविरुद्ध ३ विकेट लिएका थिए । यसको साथै उनले आईपीएलमा १०० विकेट पूरा पनि गरे ।

उनले अहिलेसम्म १०२ विकेट लिइसकेका छन् । ओभरल टी २० मा उनले २०० विकेट पूरा गरेका छन् ।

२०० भन्दा धेरै विकेट लिने उनी पहिलो भारतीय तीव्र गतिका बलर बनेका छन् । यो भन्दा पहिला भारतीय ५ स्पिनरले टी २० मा २०० भन्दा धेरै विकेट लिएका छन् ।

बुमराह आईपीएलमा १०० भदा धेरै विकेट लिने १६ औँ बलर बनेका छन् । सबैभन्दा धेरै १७० विकेट लसिथ मालिङ्गाले लिएका छन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर