आज २०७७ साल कार्तिक २६ गते (२०२० नोभेम्बर ११) बुधबार

मेष

सोंचेको काम पूरा हुनेछ । मिष्ठान्न भोजन पाइनेछ । मन प्रसन्न रहनेछ ।

वृष

काम अधुरो रहनेछ । चोटपटक लाग्न सक्ने भएकोले सावधानी अपनाउनुपर्ने समय छ । अनावश्यक तनाव बढ्नेछ ।

मिथुन

स्वास्थ्यमा ख्याल गर्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । विशिष्ट व्यक्तिसंगको भेटघाटले उत्प्रेरणा जाग्नेछ ।

कर्कट

रोकिएको काम बन्नेछ । आकस्मिक धन लाभ हुनेछ । कला तथा साहित्यमा लागेकाहरुका लागि राम्रो दिन रहेको छ ।

सिंह

परोपकारमा मन जानेछ । मनमा शान्ती मिल्नेछ । सकारात्मक सोंचका कारण कामहरु बन्दै जानेछन् ।

कन्या

स्वास्थ्यमा गडबड हुनेछ । कोही व्यक्तिका कारण मनमा चोट पुग्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ ।

तुला

मित्रजन भेटघाट हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । यात्राको योग रहेको छ । काममा प्रशंसा मिल्नेछ ।

वृश्चिक

मान सम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । विरोधीको भय हट्नेछ । मन प्रसन्न रहनेछ ।

धनु

साहित्य तथा कला क्षेत्रमा प्रगति हुनेछ । धन लाभ हुनेछ । जीवनसाथीको सहयोग मिल्नेछ। परिवारमा खुशी छाउनेछ ।

मकर

अनावश्यक चिन्ता बढ्नेछ । परिवारमा मतभेद सिर्जना हुनेछ । कामहरु अधुरा रहनेछन् ।

कुम्भ

आत्मविश्वास तथा पराक्रम वढ्नेछ। छोटो दुरीको यात्रा हुनेछ । प्रेम सम्बन्ध अझ कसिलो हुनेछ ।

मीन

स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक काम तथा सभा समारोहमा सहभागी भइनेछ । धनमा वृद्धि हुनेछ । आत्मविश्वास बढ्नेछ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर