२०७७ मंसिर ७ गते आइतवारको राशिफल संगै पशुपतिनाथको दर्शन गरौँ
मेष
मानसिक तथा शारीरिक कष्ट हुन सक्छ । परिवारका सदस्यसंग झगडा हुन सक्ने योग रहेकोले धैर्य रहनुहोला । साताको मध्यमतिर भने प्रसिद्धि तथा मान प्रतिष्ठा मिल्ने योग रहेको छ । साथीभाइ तथा इष्टमित्रको सहयोग रहनेछ ।
वृष
जागिरमा पदोन्नतिको योग रहेको छ । कुनै विशेष काम या वैदेशिक यात्राको लागि राम्रो समय छ। आफ्नो चाहना पूरा हुने र आम्दानी बढ्ने योग रहेको छ । कुनै वस्तु किन्नको लागि उत्तम समय छ ।
मिथुन
श्रीमतीबाट सहयोग हुनेछ भने कुनै शुभ कार्यको पनि योग रहेको छ । साताको अन्त्य तिर कष्टकर समय छ । मानसिक चिन्ता बढ्न सक्छ । आँखाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ । सरकारी काममा हैरानी भोग्नुपर्ने छ। तर सकारात्मक र धैर्य रहन सकेमा समयलाई आफ्नो पक्षमा लिन सकिनेछ ।
कर्कट
शरीर अस्वस्थ र मन अशान्त रहला । शरीरमा थकानको महसुस हुनेछ । काम गर्नको लागि योजनामा केन्द्रित भएर गरेमा सफलता हासिल गर्न सकिएला । धार्मिक कार्यको आयोजना हुन सक्ने योग रहेको छ ।
सिंह
नयाँ काम सुरु गर्नको लागि उपयुक्त समय छैन । स्वास्थ्यमा केही तलमाथी हुन सक्नाले खानपिनमा ध्यान पुर्याउनुपर्नेछ। शरीरमा आलस्यता र मनमा दुविधा बढ्नेछ ।
कन्या
समय राम्रो छ । मनमा शान्ती र अनुहारमा कान्ती छाउनेछ। गर्ने कार्य पूर्ण हुनेछन् । पारिवारिक मेलमिलापको समय छ । नोकरीमा सफलता मिल्नेछ । महिला मित्रबाट सहयोग प्राप्त होला
तुला
मन प्रसन्न रहला । प्रिय व्यक्तिसंग भेट हुने सम्भावना रहेको छ । सन्तानको प्रगतिको समाचार आउनेछ । साथीहरुको साथ मिल्नेछ । परोपकारी कार्यमा सहभागी बनिएला ।
वृश्चिक
शारीरिक तथा मानसिक स्वास्थ्य बिग्रन सक्छ । मनमा नैराश्यता उत्पन्न होला। नजिकका व्यक्ति संग खटपट हुन सक्ला । चलअचल सम्पत्तिमा नोक्सानी व्यहोर्नुपर्ला ।
धनु
साधारण लाभको समय भएपनि फजुल खर्च बढ्ने योग छ । परिवारमा मनमुटाव भित्रिएला । विभिन्न आरोप लाग्न सक्ने हुनाले सजग रहनुपर्ने समय छ ।
मकर
स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय छ । कार्य पूर्ण होला। आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ । धार्मिक यात्रा हुनसक्नेछ । इन्ष्टमित्र, साथीभाई तथा दाम्पत्य जीवनबाट खुशी मिल्नेछ ।
कुम्भ
सजग रहनुपर्ने समय छ । व्यवसायिक कार्यमा सरकारी हस्तक्षेप बढ्न सक्छ । खर्च बढ्नेछ । कडा मेहनत गर्नुपर्नेछ । परिवारमा खटपट हुने सम्भावना रहेको छ ।
मीन
समय उत्तम छ । मान्यजन तथा विशिष्ट व्यक्तिहरुबाट सहयोग प्राप्त होला । व्यापारमा वृद्धि हुनेछ । धनप्राप्तिको योग रहेको छ ।
Discussion about this post