काठमाडौँ । सगरमाथाको नयाँ उचाई ८हजार ८४८.८६ मिटर कायम भएको छ ।
पछिल्लो सर्भेबाट सगरमाथाको उचाइ ८६ सेण्टिमिटर बढेको छ । नेपाल र चीनका तर्फबाट नापी भएको सगरमाथाको नयाँ उचाई नापी विभागले मंगलबार औपचारीक रुपमा सार्वजनिक गरेको हो ।
नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ वीले संयुक्त रुपमा सगरमाथाको नयाँ आधिकारीक उचाइ ८ हजार ८ सय ४८.८६ मिटर सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनका क्रममा विभागले सन् २०१७ देखि २०१८ का बीचमा भएको सर्भेका सम्पूर्ण प्रक्रियाका बारेमा जानकारी गराएको थियो । त्यस्तै चिनियाँ नापी विभागले पनि आफ्नो तर्फबाट भएका कामबारे जानकारी गराएको थियो ।
दुई देशबीच भएका उच्चस्तरीय भ्रमणका क्रममा भएको संयुक्त नापी सम्बन्धी सम्झौताका आधारमा नयाँ नापी गरिएको जोशीले जानकारी दिए ।
सो क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र वाचन गरेर सुनाएका थिए । सम्बोधनमा राष्ट्रपति भण्डारीले संयुक्त घोषणाबाट नेपाल र चीनबीचको मित्रता र सहकार्य नयाँ युगमा प्रवेश गर्ने विश्वास ब्यक्त गरेकी छिन् ।
Discussion about this post