काठमाडौँ : अन्तिम खेलमा शानदार जित हासिल गर्दै स्पेनिश क्लब रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ ।
समूहको अन्तिम खेलमा बोरुसिया मोन्चेनग्लाडबाचलाई २–० गोल अन्तरले पराजित गर्दै रियाल समूह विजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेको हो ।
रियाललाई जित दिलाउन करिम बेन्जेमाले दुवै गोल गरे । पहिलो गोल ९ मिनेटमा र दोस्रो गोल ३२ मिनेटमा गर्दै बेन्जेमाले रियालको अगाडिको यात्रा सुनिश्चित गराएका हुन् । खेलअघिसम्म पदीय संकटमा रहेका जिनेदिन जिदानले यो जितपछि राहतको स्वास फेरेका छन् ।
बेन्जेमा रियाल मड्रिडका लागि ५२७ औं सहभागीता जनाउने रेकर्डको बराबरीसमेत गर्न सफल भएका छन् । १३ औं पटकको च्याम्पियन रियालका लागि बेन्जेमाअघि रोबर्टो कार्लोसले यो रेकर्ड बनाएका थिए । बेन्जेमाले च्याम्पियन्स लिगमा ५७ गोल गरिसकेका छन् ।
समूह बीबा रियाल १० अंकसहित समूह विजेताका रुपमा नकआउटमा पुग्दा बोरुसिया गोल अन्तरका आधारमा शक्तर दोनेस्कलाई पछाडि पार्दै नकआउटमा पुग्यो ।
बोरुसिया र शक्तरको समान ८ अंक रहेको छ । इन्टरमिलान भने ६ अंकसहित पुछारमा रह्यो र बाहिरियो ।काठमाडौँ– अन्तिम खेलमा शानदार जित हासिल गर्दै स्पेनिश क्लब रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ ।
समूहको अन्तिम खेलमा बोरुसिया मोन्चेनग्लाडबाचलाई २–० गोल अन्तरले पराजित गर्दै रियाल समूह विजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेको हो ।
रियाललाई जित दिलाउन करिम बेन्जेमाले दुवै गोल गरे । पहिलो गोल ९ मिनेटमा र दोस्रो गोल ३२ मिनेटमा गर्दै बेन्जेमाले रियालको अगाडिको यात्रा सुनिश्चित गराएका हुन् । खेलअघिसम्म पदीय संकटमा रहेका जिनेदिन जिदानले यो जितपछि राहतको स्वास फेरेका छन् ।
बेन्जेमा रियाल मड्रिडका लागि ५२७ औं सहभागीता जनाउने रेकर्डको बराबरीसमेत गर्न सफल भएका छन् । १३ औं पटकको च्याम्पियन रियालका लागि बेन्जेमाअघि रोबर्टो कार्लोसले यो रेकर्ड बनाएका थिए । बेन्जेमाले च्याम्पियन्स लिगमा ५७ गोल गरिसकेका छन् ।
समूह बीबा रियाल १० अंकसहित समूह विजेताका रुपमा नकआउटमा पुग्दा बोरुसिया गोल अन्तरका आधारमा शक्तर दोनेस्कलाई पछाडि पार्दै नकआउटमा पुग्यो ।
बोरुसिया र शक्तरको समान ८ अंक रहेको छ । इन्टरमिलान भने ६ अंकसहित पुछारमा रह्यो र बाहिरियो ।
Discussion about this post