काठमाडौं । गौतमबुद्ध कप ट्वान्टी ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

उपाधिका लागि नारायणी र राप्ती खेल्दैछन् । खेल भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

दुवै टिम वाग्मतीलाई हराएर फाइनलमा पुगेका हुन् । अस्ति आइतबार भएको खेलमा राप्तीले वाग्मतीलाई ११ रनले र शनिबार भएको पहिलो खेलमा सुपर ओभरमा नारायणीले वाग्मतीलाई हराएको थियो । हिजो भएको औपचारिक खेलमा राप्तीले नारायणीलाई १ विकेटले हराएको थियो ।