२०७७ साल मार्ग शीर्षशुक्लपक्ष पुष १ गते बुधवार द्वितीया तिथि पूर्वभाद्रपदा नक्षत्र चन्द्रमा धनु तथा मकर राशिमा ।
मेष राशि : मान सम्मानमा वृद्धि भएर जानेछ । स्वास्थ्यमा देखिएको समस्या सुधार भएर जानुका साथै नयाँ कामको थालनी हुने योग छ । सभा सम्मेलनमा भाग लिने अवसर प्राप्त हुनेछ ।
वृष राशि : अन्देशिय व्यापार गर्ने व्यक्तिहरुको लागि समय राम्रो छ । विदेश यात्राको अवसर प्राप्त हुने देखिन्छ । धन र आर्थिक पक्षवाट केही मात्रामा नोक्सानी हुन सक्नेछ त्यसैले सतर्क भएर अर्थिक कारोवार गर्नुहोला ।
मिथुन राशि : व्यापार बाट लाभप्राप्त हुनुको साथै नयाँ ठाउँमा लगानी गर्ने अवसर मिल्नेछ । साथीभाइ सँगको सम्वन्धमा मिठास आउनेछ । घर परिवारको सुख पाउन सकिन्छ ।
कर्कट राशि : बेरोगजार भएका बसेका व्यक्तिहरुले जागिरको पाउने सम्भावना छ भने जागिरेहरुको पदोन्नतीको सम्भावना देखिन्छ । अरुको विश्वास गर्नुपूर्व धेरै सतर्क रहनुहोला अन्यथा फस्न सकिन्छ । अचानक धन प्राप्त हुन सक्छ ।
सिंह राशि : पिताजी सँग बिग्रेको सम्वन्धमा सुधार भएर जानेछ । भाग्यमा रोकिएको वस्तु,काम प्राप्तहुनेछ । प्रेममा राम्रो भएर जानेछ दाम्पत्यजीवनको भरपुर सुख सुबिधा प्राप्तहुन सक्छ ।
कन्या राशि : अचल सम्पत्ति किनवेच हुन सक्छ । गुप्तविद्यामा परंगत हुन सकिन्छ । पुरानो कामले तपाइलाई समस्या बढाउन सक्छ । विभिन्न कुराहरुले मानसिक तनाव वढाउन सक्ने सम्भावना पनि त्यति नै देखिन्छ ।
तुला राशि : अचानक कुनै नराम्रो खबरले गर्दा तपाइको मन अशान्त हुनेछ । पिताजीको स्वास्थ्यमा भएको समस्याकम भएर जानेछ । दिनको अन्त्यतिर भने आर्थिक लाभको समय छ ।
वृश्चिक राशि : दाम्पत्य जीवन राम्रो हुनुका साथै प्रेमीका सँग भएको कुनै संका कम भएर जानेछ । चौपाय तथा घर परिवारको सुखसुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
धनु राशि : चोटपटकको सम्भावना भएकाले यात्रा गर्दा होसियार हुनुहोला । शत्रुको कारण काममा बाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा झैझगडा वा मनमुटाव हुने देखिन्छ ।
मकर राशि : समय खराव छ । शत्रुका कारण समस्या देखापर्न सक्नेछन् । स्वास्थ्यमा समस्या हुनुका साथै दाम्पत्य जीवनमा कलहको वातावरण बन्न सक्नेछ ।
कुम्भ राशि : सन्तान सुखका साथै घर परिवारमा मांगलीक कार्यको समय देखिन्छ । आर्थिक समस्याले भने सताउन सक्नेछ । सापटी दिएको धनफिर्ता नआउनाले ऋनमा वृद्धि हुने देखिन्छ ।
मीन राशि : चौपाया तथा बाहन वाट दुःख पाउन सकिन्छ । माताको स्वास्थ्यमा देखापरेको समस्याले थप आर्थिक संकट पर्ने देखिन्छ । घर परिवारमा कलहको वातावरण बन्न सक्नेछ ।
Discussion about this post