हेर हेर ति विद्वानहरु बाटोमा ओर्लेका
काम काज छोडेर जनता पनि दौडेका
चितिर बितिर छत फुटे सरह पानि चुहिए
कता टाल्नु, कता छोप्नु जब आफन्त टुक्रिए


गर्न सम्म गर्दै छन सबले बिरोध एक अर्का लाई
गुगल र इन्टरनेटको युगमा पढाइदैछ इतिहास जनतालाई
आह्वान गर्दै कडा प्रदर्शन गर्नु छ खाँचो अब
देशको नाममा लोभिए जनता ,नारा जुलुस हुन्छ जब


ताक परे तिवारी नत्र गोतामे हुँदो रहेछ सधैं
बुझेर बात जनमानस ठगिदै र जोशिदै अझै
स्वर्ण सपना देखाउदै पछि लागेछ फेरी
आन्द्रा भुँडीमा दबिएका भडास पोखिदै छ बेस्सरी


चस्स चुस्स कानमा भर्त्सना पुगेछ
हेर हेर विद्वानहरु बोलीले लड्दैछ
वडा वडा ,गाउँ गाउँ र शहर एक हुदैछ
बान्ता जस्तै ,सबै भए भरका बाहिर निस्कदै छ


गोपनियता भंग गर्दै सभा सभामा
बिरह्का गीतहरु धिकार्दै आलोचनामा
आरोप प्रतिआरोप , गालि गलोंच रुपी मालाको शान
कोट पेन्ट र ढाका टोपी लगाऊदै नेपाली महान

हामि नेपाली विर गोर्खाली
आन्दोलन गर्न छैन पछाडी
लोकतन्त्र र संबिधान सुरक्षा छ प्राथमिकता
महंगी र गरिबी प्रमुख भाषण सुन्दै सधै जनता

हेर हेर ति विद्वानहरु भाषणमा फार्दैछन गर्दन
हल्लिएको ब्यबस्थालाई , भन्दै छन , आएछु सुधार्न
रोटी छ एउटा , भोकाहरू प्रसस्त
गृहकार्य बेजोड गरि , सभा र आन्दोलनमा व्यस्त

सत्यबादिहरु गर्जदैछन, भएछ पर्दाफास सबको
पाना खोल्दैछन , लुकेका भडास र आशहरुको
विश्वास घातको कथा सुन्दै, जनता घुर्दै छन, एक अर्कालाई
पुनः आभास गर्दै सहि नेतृत्व दिनुछ देशलाई

हेर हेर ति विद्वानहरु बाटोमा ओर्लेका
काम काज छोडेर जनता पनि दौडेका


रचियता : ज्योति कुमारी झा ( समाजशास्त्री )