छिटै मेरो हातमा तिम्रो हात हुनेछ..
मेहन्दी ले लेखेको मेरो नाम हुनेछ..

यो देखावटी प्रेम दिवस मनाउदिन म
वाचा गर्छु मेरो हातबाट सिन्दुर दान हुनेछ…

महंगो उपहार नदिँदा नरिसाउ प्रिय
मेरो जिवन नै तिम्रो लागी उपहार हुनेछ…

जन्ती लिई आउछु बुढी बनाएर लान्छु
दुइटै परिवारको आशिर्वाद र साथ हुनेछ…

हामीले देखेको सबै सपना साकार हुनेछ…
तिम्रो गलामा हाँसो र मसँग तिम्रो साथ हुनेछ..

भगाएर हैन मागेर ल्याउछु तिमीलाई
बिहेको कार्डमा तिम्रो मेरो नाम हुनेछ..

टाढा छौ हामी सम्झी नरुनु प्रिय
छिटै तिम्रो हातको चियासँगै दिनको सुरवात हुनेछ..

एक दिन दुई दिन जस्तै कटिन्छ यो वर्षहरु
आउँदो २०७९ मा हाम्रो बैवाहिक जिवनको सुरुवात हुनेछ…

नाम : रन्जित सिँह
घर : महोत्तरी,नेपाल