मधेश टप डेस्क,

जनकपुरधाम : आजको पञ्चाङ्ग- श्रीशाके १९४३नेपाल सं.११४१वसन्त ऋतु वि.सं.२०७८बैशाख१८गते शनिबार तद्अनुसार सन्२०२१मे१तारिख बैशाख कृष्णपक्ष पञ्चमी तिथि मूल नक्षत्र शिव योग कौलब करण आनन्दादिमा गद योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ। काठमाडौंमा सूर्योदय बिहान५/२७मा भयो र सूर्यास्त सांझ १८/३७मा हुनेछ। मजदूर दिवस। अनन्तश्री राजगुरु जगद्गुरु वीरेन्द्र ९८५१००५८३२।
आजको राशिफल

मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- शुभ र भाग्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ।खेलकूद भ्रमणमा आकर्षण बढ्ला।सद् काममा रुचि बढ्नेछ।आफ्नै बल विवेकले सफलता पाउनु हुनेछ।ऋण,रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ।समस्याको समाधान मिल्नेछ।स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ।महत्वपूर्ण कार्यमा ध्यान केन्द्रित गर्नु पर्ला।आशा उत्साह बढ्नेछ। प्रयास र परिश्रमले सार्थक उन्नति होला।

बृष – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- परिश्रम बढ्ला।व्यापारमा प्रगति हुनेछ।मिहीनेतले काम होला। दैनिक काममा सफलता प्राप्त होला।खेलकुद भ्रमणमा रुचि बढ्ला।आमोदप्रमोदमा रुचि बढ्ला।मिठो भोजन खान पाउनु हुनेछ।सुख सफलता प्राप्त होला।ईष्टमित्रको सहयोग मिल्नेछ।सुख सन्तति बढ्नेछ। महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला।वार्तामा सफलता मिल्नेछ।बौद्धिक र रचनात्मक कार्य बन्नेछ।धनको आगमन भैरहनेछ। जोखिममा नपर्नु हितकर रहनेछ।

मिथुन – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) – मनोकूलको काम बन्नेछ।धन यश मान सुख समृद्धि बढ्नेछ।साहसिक काममा सफलता मिल्नेछ।मिठो भोजन प्राप्त होला।बोली र व्यक्तित्वको प्रभाब बलियो बन्ला। आरोग्यता बढ्नेछ।सभासमारोहमा मान पुरस्कार पाउनुहुनेछ।भोजभत्तेरमा भाग लिनुहुनेछ।लगानी उठ्ला।गौरव बृद्धि होला।ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ,तर बिबाद आदिमा नपरी आफ्नै बल विवेकले काम गर्नु हीतकर रहनेछ।रसरागमा आकर्षण बढ्नेछ।

कर्कट – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- आँट उत्साह बढ्ला।ऋण रोग र शत्रुसित लड्ने क्षमता बृद्धि हुनेछ।आफन्तको सहयोग मिल्नेछ।लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ।आयात निर्यात यात्रा आदिसित सम्बन्धित काम बन्नेछ।यश वर्चश्व वृद्धि होला।उन्नतिपदोन्नति हुनेछ।राजकीय कार्य बन्ला।उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ।साथीभाईको साथ मिल्नेछ।

सिंह– LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) मिठो भोजन मिल्नेछ।ख्याति फैलिनेछ।बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ।समस्याको समाधान मिल्ला।सुख सन्तति बढ्नेछ।लगानी उठ्ला।मान पुरस्कार मिल्नेछ।धन सम्पत्ति बढ्ला। शुभ र भाग्यबर्द्धक कार्यमा प्रवृत्ति बढ्ला।

कन्या VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)- समय शुभ फलदायक रहनेछ। बौद्धिक र रचनात्मक कार्य बन्नेछ।ईष्टमित प्रेमपात्रको सहयोग मिल्नेछ।सुख आनन्दमा रुचि बढ्नेछ।जोखिमप्रति सचेत रहनु पर्नेछ।धनको आगमन भै रहनेछ।अवश्यमेव सफल हुनुहुनेछ।स्वास्थ्यमा सुधार हुनेछ।मिठो भोजन मिल्नेछ।

तुला – LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)- रसरागमा आकर्षण बढ्ला। लगानी बढ्ला।विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ।मान महत्त्व बढ्नेछ।बौद्धिक र रचनात्मक कार्य बन्नेछ।सुख सन्तति बढ्नेछ।यात्रा परक कार्यमा सफलता मिल्नेछ।आशा उत्साह बढ्नेछ।आफन्तको साथ मिल्नेछ।ख्याति फैलिनेछ।मिठो भोजन मिल्नेछ।

वृश्चिक –SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला।आय वृद्धि भैरहनेछ। यात्रा होला।धन यश मान सुख सौभाग्य बृद्धि हुनेछ।बिबाद आदिप्रति सचेत भै अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ।वार्तामा सफलता प्राप्त होला।बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ।मान पुरस्कार मिल्नेछ।अन्न आनन्द बढ्नेछ।आशा उत्साह बढ्ला।

धनु – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)- पारिवारिक कार्य बन्ला।बौद्धिक र रचनात्मक कार्य बन्नेछ।ईष्टमित सन्तानसित सम्बन्धित काम बन्नेछ।रोकिएको धन उठ्ला।साझेदारीको काम बन्ला।सुख शांति बढ्ला।मिठो भोजन मिल्नेछ।भोगविलासमा रुचि बढ्ला।मान महत्व बढ्नेछ।उन्नति पदोन्नति हुनेछ।खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ।हांसविलासमा रुचि बढ्ला।धन सम्पत्ति बढ्नेछ।

मकर – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)- सुख सम्पन्नता बढ्नेछ।मिठो भोजन खान पाउनु हुनेछ।आयबर्द्धक कार्यमा सफलता मिल्नेछ।शुभ काममा रुचि बढ्ला।मान बढ्नेछ।घुमफिर गर्नु हुनेछ।यात्रामा सफलता पाउनु हुनेछ।आफन्तको सहयोग मिल्नेछ।