मधेश टप डेस्क (जनकपुरधाम): 

वि.सं. वैशाख २९, २०७८ । ई.सं. 12 May, 2021 । उत्तरायण । वसन्त । बुधवार । तिथि – प्रतिपदा, २५:५६ बजे उप्रान्त द्वीतिया । नक्षत्र – कृत्तिका, २५:५४ बजे उप्रान्त रोहिणी । योग – शोभन, २३:२५ बजे उप्रान्त अतिगण्य । करण – किंस्तुघ्न १२:५५ बजेदेखि बव, ०१:५६ बजे उप्रान्त बालव ।
चन्द्रराशि – मेष ५:५६ बजेदेखि वृष । आनन्दादि योग – गद । दिनमान ३३ घडी १८ पला । सूर्योदय ०५:२१ । सूर्यास्त १८:४३ । ललितपुर मत्स्यन्द्रनाथ रथारोहण । विश्व नर्स दिवस ।

 

आजको राशिफल हुनेछ यस्तो :

मेष (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)
मनमा असन्तोष बढनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।

बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
पराक्रम बढनेछ । कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
मन प्रसन्न रहने छैन । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । मनमा चिन्ता बढनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
मनमा धार्मिक भावना प्रवल रहेको छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दनि रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेका छन् ।

मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।

कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
काम विग्रने खालको समय छ । आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
व्यवसाय राम्रो रहने छ । आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।