मधेश टप डेस्क,

 

जनकपुरधाम : आज जेठ १३ गते बिहीबारको राशिफल हेर्नुहोस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा पनि रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नसोचेको ठाउँबाट धन हात पर्नसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ, तर मालसामान हराउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ, सचेत रहनु होला । यात्रामा मालसामान हराउन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।