आज मिति २०७८ जेठ ३० गते आइतबार । तदनुसार १३ जुन २०२१ । श्री सुर्य देव दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।

आजको पञ्चाङ्ग:

वि.सं. जेठ ३०, २०७८ । ई.सं. 13 Jun, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ तछलाथ्व । उत्तरायण । ग्रीष्म । आइतवार । ज्येष्ठ शुक्लपक्ष । तिथि – तृतीया , १९:२८ बजे उप्रान्त चतुर्थी । नक्षत्र – पुनर्वशु , १७:३४ बजे उप्रान्त तिष्य । योग – वृद्धि , ८:५० बजे उप्रान्त ध्रुव । करण – तैतिल ७:०६ बजेदेखि गर , १९:२८ बजे उप्रान्त वव । चन्द्रराशि – मिथुन । आनन्दादि योग – ध्वज । दिनमान ३४ घडी ३३ पला । सूर्योदय ५:०९ । सूर्यास्त १८:५९ । कौशिकी-उत्पत्ती, महाराज छत्रशाल जन्मोत्सव ।

आजको राशिफल:

मेष – ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)

आफन्तहरुसंग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।

वृष – TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

मिथुन – GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा)
मनसिक सन्तोष मिल्नेछ । स्वास्थ्य सम्बन्धि समस्यामा सुधार आउने छ । धन आर्जनको अवसर मिल्नेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । व्यवसायीहरुका लागि आजको दिन फलदायी रहेकोछ । अध्ययन राम्रो रहला ।

कर्कट – CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।

सिंह – LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
प्रियजन संग बिछोड । शारीरिक समस्याले मनमा चिन्ता बढ्नेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।

कन्या – VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

तुला – LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

वृश्चिक – SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
सरकारी काममा सफलता मिल्नेछ । सन्तान तथा परिवारबाट पूर्ण सहयोग प्राप्त हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । पेटमा देखिएको वायुविकार जन्य समस्या ठीक हुनेछ । पठनपाठमा मन जानेछ ।

धनु – SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । मनमा चिन्ता बढनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

मकर – CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवार तथा इष्टमित्र हरुबाट पूर्ण सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।

कुम्भ – AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।

मीन – PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण र सुखद होला । मन प्रसन्न रहनेछ । धन तथा सामान प्राप्त हुने दिन रहेको छ । व्यापार व्यवसायबाट मनज्ञ आम्दानी हुने योग छ । विद्यार्थीहरुका लागि आजको दिन पूर्ण फलदायी हुने छ । मनोरञ्जनमा दिन व्यतित हुनेछ ।