आज मिति २०७८/०३/०७ तदनुसार २१ जुन २०२१ सोमबारका दिन बाबा केदारनाथ माहदेव दर्शन गरि आफ्नो दिन मंगलमय प्रराम्भ गर्नुहोस्| तपाइको दिन शुभ हुन्छ  भने आशा गर्दछु| साथै तपाइँ कहा प्रश्तुत छ अआज्को राशिफल |

आजको पञ्चाङ्ग:

वि.सं. असार ०७, २०७८ । ई.सं. 21 Jun, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ तछलाथ्व । उत्तरायण । ग्रीष्म । सोमवार । ज्येष्ठ शुक्लपक्ष । तिथि – एकादशी , १०:०८ बजे उप्रान्त द्वादशी । नक्षत्र – स्वाती , १४:१४ बजे उप्रान्त विशाखा । योग – शिव , १५:४३ बजे उप्रान्त सिद्ध । करण – भद्रा १०:०८ बजेदेखि वव , २०:५६ बजे उप्रान्त तैतिल । चन्द्रराशि – तुला । आनन्दादि योग – छत्र । दिनमान ३४।३६ । सूर्योदय ५:१० । सूर्यास्त १९:०१ । निर्जला एकादशि व्रत, तुलसि बिजारोपणम् ।

आजको राशिफल :

मेष – ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ): सरकारी काममा सफलता मिल्नेछ । सन्तान तथा परिवारबाट सहयोग प्राप्त हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । आज नयाँ कामको थालनि हुने योग छ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।

वृष – TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो) स्वास्थ्य खराव हुन सक्नेछ । चोट पटकको संभावना रहेकोछ । मानसिक समस्याले सताउनेछ । मनमा चिन्ता बढ्ने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भय रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

मिथुन – GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा) आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । आजको दिन प्रेमील व्यतित हुनेछ ।

कर्कट – CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) प्रेम जीवनबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । आकस्मिक धनप्राप्तिको योग छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहनेछन् । आज चोट पटकको संभावना रहेको छ यात्रामा सजग रहनु होला ।

सिंह – LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
मिहनेतका साथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । भगवान सूर्यदेवको स्मरण गर्नु आवश्यक छ ।

कन्या – VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) सञ्चित धनको खर्च हुनेछ । आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । व्यवसायमा घाटा हुने दिन छ ।

तुला – LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते) उपहार प्राप्तिले मन प्रसन्न रहने छ । स्वास्थ्य राम्रो रहने छ । अध्ययनको क्षेत्र फलदाइ रहनेछ । आकस्मिक धनलाभ हुने योग छ । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

वृश्चिक – SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू) मनमा असन्तोष बढ्ने छ । आज नसोचेको काममा समय र धनको खर्च हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।

धनु – SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । आज खरिद बिक्रिबाट फाईदा हुनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।

मकर – CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउनेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । खर्चमा वृद्धि हुनेछ । अनावश्यका दुखद् यात्रा हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा चाहे अनुसार सफलता मिल्ने छैन ।

कुम्भ – AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा) कामहरु बन्दै जानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । व्यवसायि वर्गलाई आजको दिन सुखद् रहनेछ । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

मीन – PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) सरकारी काम कारोबार सफल रहनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । इष्ट सिद्धि तथा कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।