मिति २०७८/०३/८ को राशिफल यसप्रकार प्राप्त भएको तपाइको दिन शुभ होस्|
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries
आजको दिन अनेक प्रकारका लाभ प्राप्त होलान्, मित्र तथा साथिभाईको सहयोग प्राप्त होला, साधन बाहन तथा सुनचाँदी प्राप्त होला, शत्रु पक्ष पनि मित्रता गास्न आउलान, आज आकस्मिक लाभ पनि होला।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus
चोर तथा अग्निको भय होला आँखामा समस्या आउनसक्छ, मुद्दा मामिलाको झन्झटमा फसिएला,शत्रुहरु वृद्धि होलान् , धन तथा प्रतिष्ठामा हानी हुनसक्छ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini
आजको दिन स्वस्थ तथा तन्दुरुस्त भईएला, जप,तप,ध्यान तथा साधनामा मन जाला, विभिन्न प्रकारका ईज्जत,मान तथा प्रतिष्ठामा वृद्धि होला, समाज सुधारक कार्यमा सहभागी भईएला।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer
बोलीचाली तथा ब्यवहारमा परिवर्तन आउनेछ, आज मिष्ठान्न भोजनको अवसर मिल्ला, गुप्त धन तथा बिद्या प्राप्त होला, आजको दिन कसैसँग झुट नबोल्नुहोला नत्र फसिएला।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo
आजको दिन तपाईंको घमण्डको कारण बन्न खोजेको काम पनि बिग्रन सक्छ,तर दिउँसो पछि भने नाँचगान, सभा समारोहमा सहभागी भईएला, धन आर्जन हुने योग पनि छ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo
ऐश्वर्य बढ्ने तथा कीर्तिमानि कार्य गरिएला, आजको दिन विभिन्न प्रकारका प्रगति होला, बैचारिक अवस्था सबल होला,पशुपालन तथा कृषिबाट लाभ होला, तर पनि छातीमा समस्या आउन सक्छ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra
बल, बुद्धि तथा बिद्यामा वृद्धि होला,पाचनशक्ती कमजोर हुनाले पेटमा समस्या आउनसक्छ,अध्ययन तथा पठनपाठनमा मन जाला, साहित्य लेखनबाट प्रगती होला।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio
स्वास्थ्य सम्बन्धि समस्याले सताउला,शत्रुपक्ष बलवान् होलान् , चोरी पनि हुनसक्ला, ठेक्कापट्टा तथा चिठ्ठामा नोक्सान होला, सावधानी अपनाउनुहोला।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius
पारिवारिक झैझगडाको सामना गर्नुपर्ला, मन अस्थिर रहला, काम बासना बढ्नाले बिपरित लिङ्गीप्रती आकर्षण हुनाले समस्या आउनसक्छ, आजको दिन विवेकले काम लिनुहोला।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn
भुमिगत सम्पत्ति प्राप्त होला, ऋण तथा रोगबाट मुक्ति मिल्ला, खुट्टा तथा हातमा पीडा होला, ससुरालीबाट पनि सहयोग हुनसक्छ, आज वायुसम्बन्धी समस्याले सताउन सक्छ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius
मनमा शितलता तथा हृदयमा उदारता आउला, तिर्थयात्रा तथा अर्थपूर्ण यात्रा गराउला, साहित्य तथा अन्य मनोरञ्जन कार्यमा सहभागी भईएला, समग्रमा आजको दिन राम्रो छ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces
नयाँ नयाँ रोजगारका अवसरहरु प्राप्त होलान् , पिताको सहयोगले अधुरा कार्यहरू सम्पन्न होलान्, उच्चपद प्राप्ति तथा ब्यापार व्यवसायमा लाभ होला, आजको दिन महादेवको आराधना गरे राम्रो होला।