आज मिति २०७८ असार १३ गते आइतबार । तदनुसार २७ जुन २०२१ । श्री माँ लक्ष्मीनियाँ दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।

वि.सं. असार १३, २०७८ । ई.सं. 27 Jun, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ तछलागा । उत्तरायण । ग्रीष्म । आइतवार । आषाढ कृष्णपक्ष । तिथि – तृतीया , १८:५६ बजे उप्रान्त चतुर्थी । नक्षत्र – उत्तराषाढा ५:३९ बजेदेखि श्रवण , २९:०४ बजे उप्रान्त शतभिषा । योग – वैधृति , २०:१६ बजे उप्रान्त विष्कम्भ । करण – वव ७:३९ बजेदेखि भद्रा , १८:५६ बजे उप्रान्त कौलव । चन्द्रराशि – मकर । आनन्दादि योग – मुसल । दिनमान ३४।३४ । सूर्योदय ५:१२ । सूर्यास्त १९:०२ ।

आजको राशिफल :

मेष – ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)
आज मन प्रसन्न रहनेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

वृष – TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
सन्तान तथा परिवारसंग मतभेदका कारण विवाद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । सरकारी काममा झमेला हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । अध्ययनको क्षेत्र त्यति फलदाइ हुने छैन ।

मिथुन – GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा)
मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । चीसोले समस्या पार्नेछ । चोटपटकको संभावना । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

कर्कट – CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । प्रेममा सफल हुने दिन छ । मनमा धार्मिक भावना प्रवल रहेको छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।

सिंह – LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।

कन्या – VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
मेहनतसाथ गरेको कामपनि विग्रने छ । यात्रा अर्थपूर्ण हुने छैन । स्वास्थ्यमा समस्या देखिने छ । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।

तुला – LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । पानीबाट हानीहुने योग छ । काम विग्रने खालको समयछ । आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।

वृश्चिक – SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आकस्मिक धनलाभ हुने योग छ । उपहार प्राप्तिले मन प्र्रसन्न रहने छ । प्रेममा सफल हुने योगछ । व्यवसाय राम्रो रहने छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

धनु – SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
घाँटिमा समस्या आउनेछ । पढाइमा मन लाग्ने छैन । मनमा असन्तोष बढनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न बढने छ ।

मकर – CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
सत्कार तथा मान सम्मान प्राप्त हुने छ । स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । पारिवारीक सुख प्राप्त हुने छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।

कुम्भ – AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । व्यर्थ भ्रमण हुनेछ । व्यवसायमा घाटा होला । काममा बाधा उत्पन्न हुनेछ । फजुल खर्च बढनेछ ।

मीन – PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
व्यापार व्यवसायमा सफलता मिल्नेछ । पराक्रम बढनेछ । कामहरु बन्दै जानेछन । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।