काठमाडौँ २९ असार: काँग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् । शीतल निवासमा पुगेर उनले शपथ विवादबारे छलफल गरिरहेका छन् ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुरा धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट बनेका देउवाले छलफल थालेका हुन् । उनले नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताएका छन् ।

देउवाले यसबारे मुख्यसचिवलाई बूढानीलकण्ठस्थित निवासमा समेत बोलाएर असन्तुष्टि पोखेका थिए ।

आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने देउवाको जिकिर छ ।