काठमाडौं  : राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाविर पुनले आफ्नो नाउँमा भएको जग्गा आविष्कार केन्द्रलाई दान गरेका छन् ।  उनले आफ्नो करिब २८ रोपनी जग्गा दान गरिएको बताउँदै अब अन्य भौतिक सम्पत्ति केही नभएको उल्लेख गरेका छन् ।

अब आविष्कार केन्द्र स्थापना गर्न सरकारको ढोका ढक्ढक्याउन छाडेको  उनले बताए । पटक पटक विभिन्न मन्त्री र मन्त्रालय चाहार्दा आफूले आस्वासन मात्रै पाएको बाँकी केही नगरेको उनको दुखेसो छ ।

अब जनताको ढोकामा पुगेको बताउँदै उनले नेपालको बिकासको लगि अब मेरो बचेको जिन्दगीको सम्पूर्ण समय दान गर्ने घोषणा गरेका छन् । २८ रोपनी जग्गा पनि राष्ट्रिय आविष्कार केन्द्र लाई दान गर्दै पैसाको अति नै आबश्यकता भएको खण्डमा त्यो जग्गा बेच्ने अथवा पैसा पुगेको खण्डमा त्यो जग्गामा अनुसन्धानको लागि चाहिने केहि भौतिक संरचनाहरु बनाइने उनले बताएका छन् ।

उनले आफ्नो सामाजिघ सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो घोषणा नयाँ होइन ।’

अर्थमन्त्री डा. रामशरण महत र बिष्णु पौडेलसहित अर्थ सचिबहरु, सहसचिब अनी दुई  प्रधान मन्त्रीहरु र उहाँहरुका सल्लाहकारहरुलाई बिगतका दिनहरुमा बारम्बार भनि सकेको विषय भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘मैले उहाँहरु सबैलाई  यदि सरकारले राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गर्न मिल्दैन अथवा सहयोग गर्न सक्दैन भने मेरो नाममा भएको करिब रु. ३ करोड पर्ने २८ रोपनी जग्गा बेचेरै भए पनि सुरु गर्छुू भनेर भने कै हो ।’

तर, यस्तो भन्दा उनीहरुले जग्गा बेच्नु पर्दैन बरु त्यहाँ पनि सानो अनुसन्धान केन्द्र बनाउन सकिने सल्लाह दिएको अनुसन्धानकर्ता पुनले बताएका छन् ।

फेसबुकमा लामो स्टाटसमा २८ रोपनी जग्गा बारे लेखेका छन्, ‘जग्गा पोखराको बेगनास तालको उत्तर पट्टीको ठुलाकोट भन्ने डाँडामा छ । त्यो जग्गा हाल Maryland USA मा बस्ने बन्बरे, पर्बतको पदम पुन भाई र मैले २० बर्ष अगाडी किनेको हो । त्यो जग्गा किन्दा हामीले त्यसलाई भविष्यमा समुदायहरुलाई फाइदा हुने कुनै राम्रो कामको लागि प्रयोग गर्ने भनेर सल्लाह गरेका थियौं ।

त्यति बेला त्यो जग्गा पदम भाईको नाममा किनेको थियौं । तर पदम भाई अमेरिकामा बसोबास गरेकोले केहि महिना अगाढी सो जग्गा मेरो नाममा नाम सारी गरिएको छ ।

a.jpg

सो एरियाको हालको जग्गा लेनदेनको आधारमा त्यसको मोटामोटी मूल्य रु. ३ करोड पर्छ । सो जग्गाको लालपुर्जी यहाँ संलग्न गरेको छु ।’

पुनले आफ्नो नाउँमा यो भन्दा अर्को कुनै भौतिक सम्पत्ति नभएको बताउँदै आब्हान गरेका छन्, ‘तपाईंहरु सँग पनि त्यस्तो दान गर्न मिल्ने कुनै जग्गा छ भने दान गर्न  सक्नु हुनेछ ।

जग्गा दान पनि अहिले सुरु गरिएको  महादान अभियान कै अंग हुने उनको भनाई छ । त्यस्ता जग्गा दाता भए आफ्रलाई सम्पर्क गर्न उनले आब्हान समेत गरेका छन् ।