मान्छेलाई मान्छे देखि विश्वास हराएको छ।
आपसी सम्बन्धबाट प्रेम गुमाएको छ।

वैचारिक अन्धकार जताततै फैलिएको छ।
किनकी मानिसले सिकेको छ एउटा नयाँ विचार भ्रष्टाचार…
भ्रष्टाचार…भ्रष्टाचार…चारैतिर छ भ्रष्टाचार॥

भ्रष्टाचारको माहामारी फैलिएको छ।
घुस लिने र दिनेको बिमारी फैलिएको छ।

नेताहरुले गर्दै छन अत्याचार
किनकी मानिसले सिकेको छ एउटा नयाँ विचार भ्रष्टाचार…
भ्रष्टाचार…भ्रष्टाचार…चारैतिर छ भ्रष्टाचार॥

जस्तो कि सत्यको आधार हराएको छ।
लूट र झुठको जाल बुनिएको छ।
मेहनत गर्नेको हुदैछ हाल-बेहाल।

किनकी मानिसले सिकेको छ एउटा नयाँ विचार भ्रष्टाचार…
भ्रष्टाचार…भ्रष्टाचार…चारैतिर छ भ्रष्टाचार॥

गरिब जनताको खुन चुसिएको छ।
सारा जनता ठगिमा ठगिएको छ।

भ्रष्टाचारी आफ्नो घर भर्दै छ।

-सोनम मिश्र