काठमाडौं । जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गर्दै नेपाल टी २० लिगमा विजयी सुरुवात गरेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो । यसअघि शनिबार भएको पहिलो खेलमा पोखरा टिम काठमाडौं नाइट्ससँग पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबारको दोस्रो खेलमा पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

जनकपुरका लागि सन्दीप जोराले २९ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा अविजित सर्वाधिक ४० रन बनाए । ओपनर सागर पुनले ३५ बलमा ३८ रन बनाए । चाड्विक वाल्टनले १९ रन जोडे । कप्तान ट्रेभान ग्रिफिथ र राजेश पुलामीले समान ९ रन बनाए ।

पोखराका जाहिर खानले सर्वाधिक ३ विकेट लिए भने कप्तान शरद भेषावकर र मौसम ढकाकले १÷१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १९.४ ओभरमा अलआउट हुँदै १३८ रनको योगफल खडा गरेको थियो ।

पहिलो ओभरमै ओपनर उरुल थरंगा २ रन बनाएर आउट भए पनि अर्का ओपनर आसिफ शेख, अमिर हम्जा र सिद्धान्त लोहनीले पोखराको इनिङ्स सम्हालेका थिए ।

आसिफ शेखले ३९ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए । हम्जाले १८ रन जोड्दा चौथो नम्बरमा प्रमोट गरिएका लोहनीले १६ बलमा २९ रन बनाउने क्रममा चार छक्का प्रहार गरे ।

त्यसपछि नाटकीय रुपमा पोखराको विकेट पतन हुँदा १११–९ को अपस्थामा पुगेको थियो । तर, अन्तिम विकेटको रुपमा आउट हुनुअघि प्रतिश जिसीले आक्रमक ब्याटिङ गर्दै २८ रन बनाए । उनले १८ बल खेल्दै ४ छक्का प्रहार गरे ।

जनकपुरका लागि केस्रिक विलियम्सले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी र शरफुद्दिन असरफले २÷२ तथा सोमपाल कामीले १ विकेट लिए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर