हिमांंशु चौधरी
नेपालको राजनीतिमा रौतहटको आन्दोलनका प्रसंगले वर्तमान सरकारको भविष्यबारे गणितीय लुकामारी भइरहँदा मलाई करिब सात वर्षअघि गरुडामा भएको नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित आमसभाका प्रसंग उल्लेख गर्न मनले आदेश दिएको छ। राजतन्त्रमा राजाबाट र त्यसपछि लोकतान्त्रिक पात्र भनाउँदाद्वारा देशमा आदेशकै भरमा सत्ता परिवर्तनसम्मका घटना भएको यथार्थ छ। नाटकको दृश्य परिवर्तन भएजस्तै स्वार्थ नामक पात्रको नाटकीयताले परिस्थितिलाई अस्थिर र कौतुक बनाएको छ। गरुडामा भएको त्यसताकाको दृश्यमा उत्प्ररित गर्ने तत्त्व समाहित थियो, सबैलाई राजनीतिको मूल गन्तव्यतिर ध्यानाकर्षण गराइरहेको थियो।
सात वर्षअघिको आमसभामा अकस्मात उपस्थित जनतासमक्ष पशुपति को हुनुहुन्छ भनी प्रश्न गर्दा जनता एकछिन अनुत्तरित देखिए। प्रदेशस्तरीय आमसभामा उदघोषक सुमन प्याकुरेलले सो प्रश्न गर्दा बहुसंख्यक जनता अनुत्तरित देखिएका थिए।
भूमिबाट जनयुद्धलाई प्रेरणा प्राप्त भई युगान्तकारी परिवर्तन भएको स्मरण गरे। प्रचण्डको सम्बोधनपछि पनि पशुपति को हुन् भनी प्रश्नको उत्तर जनताले पाउन सकेनन्।
अन्ततः यो प्रश्नको जिज्ञासा त्यतिखेर शान्त भयो, जब पटेल फूलमाला लिई त्यसबेलाका प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गरे। भूमिगत कालमा रौतहटमा बस्दा उनको नाम पशुपति शर्मा थियो।
आमसभामा केपी ओलीले इनरबारीमा बास बसी ४६ वर्षपूर्व राजतन्त्रविरुद्ध बिगुल फुकेका कारण कोपबाबाट पक्राउ गरिएको क्षणको कारुणिकतासँगै ४६ वर्षपूर्वका सहयोगीहरू कुलदीप राउत, गेना राउत, सीतारामको योगदानको प्रशंसासमेत गरेका थिए।
सभामा पूर्वप्रधानमन्त्री माधव नेपाल रौतहटको इतिहाससँगै त्यस क्षेत्रमा विद्यमान सामन्तवादी संरचनालाई रौतहटवासीको जनचेतनाको खुलेर वकालत गर्दै भनेका थिए, ‘यस क्षेत्रको ढेला (माटोका डल्लो) पनि दासत्व, निरंकुशताविरुद्धको प्रतीक छ र जनमानसमा ढेला पनि मुक्तिको शंखनाद गरिहेको छ।’
बुढापाकाहरूको ढेलाबारेको भनाइमा ७ चैत ०६३ को भाटा प्रकरणले विगतको भनाइसँगै थप भनाइले जनमानसमा कारुणिकता ग्रहण गरेको छ। ढेलाको इतिहासबारे आफूलाई त्यति जानकारी नभए पनि भाटा प्रकरणले ढेलालाई पनि उछिनेका कारण १७ वर्षअघिको घटनालाई नियाल्न बाध्य पारेको छ। ७ चैत ०६३ मा गौरस्थित राइस मिलको चौरमा भएको आक्रमणमा माओवादी कार्यकर्ता मारिएका थिए।
प्रभु साहमाथि पनि एक हिन्दुवादी नेता काशीनाथ तिवारीको हत्याको आरोप छ। साह माओवादी, एमाले हुँदै आमजनता पार्टीको नेतृत्व गरिरहेका छन्। रौतहटको स्थिति बोध हुँदाहुँदै पनि ०६३ सालमा राइस मिलमा सभा आयोजनाको परिणामबारे चिन्तन नगर्नु विडम्बनापूर्ण छ।
नाटकीय पर्दा पछाडिको दृश्यमा अब सात वर्षअघिकै आमसभाका पात्रहरूले १७ वर्षअघिको घटनालाई उचालेर राजनीतिक तरंग ल्याउन उद्यत देखिन्छन्। अब सात वर्षअधि गरुडामा सुनेको पशुपति शर्मा (केपी ओली) प्रचण्डलाई रौतहटकै ढेला रूपी अस्त्रलाई सत्ता परिवर्तनमा रुपान्तरण गर्ने अभ्यास गरिरहेका छन्। भित्रभित्रै नयाँ समीकरणको अभ्यासको चर्चामा ढेलाको प्रतीकात्मक स्वरुप फेरिएको छ। ढेला भाटा स्वरुपमा देखिएको छ। भाटारुपी स्वरुपले कसलाई कहाँ पुर्याउने छ ? आउने दिनको प्रतीक्षामा भन्न मन लागेको छ- ‘ढेलो सँ बेसी अग्रगामी भाटा भेल जा रहल अछि’ (माटोका डल्लोभन्दा भाटा अग्रगामी हुँदै गएको छ)।
तपाईको प्रतिक्रिया !