मेष  

काममा बोझ थपिनेछ । प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्नेछन् । प्रेमी प्रेमिका बीच मनमुटाव हुनेछ ।

वृष 

कडा परिश्रम गर्नुपर्ने समय छ । सरसामान हराउन सक्नेछ । मध्यान्हपछि समस्या समाधान हुँदै जानेछन् ।

मिथुन

व्यापारमा सन्तुष्ति मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । सामाजिक तथा धार्मिक काममा सहभागी भइनेछ ।

कर्कट 

मन प्रसन्न रहनेछ । राजनीतिक सम्मान हुनेछ । काममा प्रशंसा पाइनेछ । परिवारमा खुशी छाउनेछ ।

सिंह

परोपकारमा मन जानेछ । मनमा शान्ती मिल्नेछ । सकारात्मक सोंचका कारण कामहरु बन्दै जानेछन् ।

कन्या

स्वास्थ्यमा गडबड हुनेछ । कोही व्यक्तिका कारण मनमा चोट पुग्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ ।

तुला

मित्रजन भेटघाट हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । यात्राको योग रहेको छ । काममा प्रशंसा मिल्नेछ ।

वृश्चिक 

मान सम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । विरोधीको भय हट्नेछ । मन प्रसन्न रहनेछ ।

धनु

साहित्य तथा कला क्षेत्रमा प्रगति हुनेछ । धन लाभ हुनेछ । जीवनसाथीको सहयोग मिल्नेछ। परिवारमा खुशी छाउनेछ ।

मकर

अनावश्यक चिन्ता बढ्नेछ । परिवारमा मतभेद सिर्जना हुनेछ । कामहरु अधुरा रहनेछन् ।

कुम्भ 

आत्मविश्वास तथा पराक्रम वढ्नेछ। छोटो दुरीको यात्रा हुनेछ । प्रेम सम्बन्ध अझ कसिलो हुनेछ ।

मीन

स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक काम तथा सभा समारोहमा सहभागी भइनेछ । धनमा वृद्धि हुनेछ । आत्मविश्वास बढ्नेछ ।