काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई १०-० गोलले हराएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङका लागि विदेशी खेलाडी मिथो रुथले ६ गोल गरिन् ।

यस्तै सम्झना शर्माले दुई तथा मनमाया दमाई र टौटा ओरेनेला नोइलीले एकरएक गोल गरे । प्रतियोगितामा वालिङको यो पहिलो जित हो ।