तपाइको दिन शुभ,शुखद र स्वस्थ रहोस !

आज २०७७ जेष्ठ ९ गते रविवार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष यस्तो फलादेश गर्नुभएको छ:-

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज आफन्त र साथीबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । दिनको उत्तरार्धमा स्वास्थ्य बिग्रन सक्छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । पेशा र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रभावले विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ , तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आज मन खिन्न हुने स्थिति आउनेछ । मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । सामाजिक उपकारको काममा सहभागी भइएला । बौद्धिकताको विकास पनि हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर पारिवारिक जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्याले पनि सताउन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

जोश जाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख पनि मिल्ला, तर भ्रमका पछि दौडनु राम्रो होइन ।

माहाकाल को माया सदैव साथ् रहोस कुनै पनि त्रुटि एबम फल्पुर्तीका लागि माहदेव आराधाना एबम पुजा पाठ गर्नुहोस्!