आज मिति २०७८ असार १ गते मंगलबार । तदनुसार १५ जुन २०२१ । श्श्री हनुमानजि को दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस । जीवन र भाग्य फरक कुरा हो कार्य र कर्म माथि ध्यान दिदै आगाडी बढ्नुहोस तपाइको भाग्य आफै संगै हिद्नेछ| 

आजको पञ्चाङ्ग

वि.सं. असार ०१, २०७८ । ई.सं. 15 Jun, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ तछलाथ्व । उत्तरायण । ग्रीष्म । मंगलवार । ज्येष्ठ शुक्लपक्ष । तिथि – पञ्चमी , १९:४० बजे उप्रान्त षष्ठी । नक्षत्र – अश्लेषा , १९:१३ बजे उप्रान्त मघा । योग – व्याघात , ७:२६ बजे उप्रान्त हर्षण । करण – वव ७:४८ बजेदेखि वालव , १९:४० बजे उप्रान्त गर । चन्द्रराशि – कर्कट । आनन्दादि योग – आनन्द । दिनमान ३४ घडी ३४ पला । सूर्योदय ५:१० । सूर्यास्त १८:५९ । आषाढ सङ्क्रान्ति ।

आजको राशिफल:

मेष – ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)

मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण र सुखद होला । मन प्रसन्न रहनेछ । धन तथा सामान प्राप्त हुने दिन रहेको छ । व्यापार व्यवसायबाट मनज्ञ आम्दानी हुनेछ । विद्यार्थीहरुका लागि आजको दिन पूर्ण फलदायी हुनेछ । मनोरञ्जनमा दिन व्यतित हुनेछ ।

वृष – TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)

आफन्तहरुसंग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहनेछ ।

मिथुन – GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा)

आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

कर्कट – CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)

मनमा असन्तोष बढ्नेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । झुठ्ठा आरोप लाग्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।

सिंह – LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)

स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायबाट अधिक फाइदा हुने दिन रहेको छ ।

कन्या – VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)

आफन्त तथा प्रियजन संग बिछोड । शारीरिक समस्याले मनमा चिन्ता । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।

तुला – LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते)

कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

वृश्चिक – SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

धनु – SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)

सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।

मकर – CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)

पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । मनमा चिन्ता बढ्नेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

कुम्भ – AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा)

आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।

मीन – PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेका छन् ।