नरिसाउ है जिन्दगी,
अलि थाकि सकेछु।
सम्बन्धको बोझले,
अलि दबि सकेछु।

कहिले एकलैमा,
एकदिन अवश्य
आफ्नो पिडाको,
कथा सुनाउछु तिमीलाई।

तिम्रो हतारिलोपनले गरदा,
कोही रिसाए त कोही छुट्टि।
रिसाएका लाई फकाउन बाकि छ,
रुनेलाई हँसाउन बाकि छ।

केहि सम्बन्ध बनेर टुटि सके,
केहि जोडदा-जोडदै छुटि सके।
त्यो टुटे छुटे सम्बन्धको,
घाउ मेटाउन बाकि छ।

केहि समय परख है जिन्दगी,
आफ्नो करतवय निभाएर आउछु।
संघर्ष देखि डराउएर भाग्ने होइन म,
केहि गरेर देखाउछु तिमीलाई ।

रचियता (सोनम मिश्र)