बिरोधको आबाज उठाउन
शंख मात्र बजाउनु छ
अभावको प्रभावमा परेकाहरू
हाजिर छु भन्छ
घोकाइन्छ घरको द्वारबाट उद्देश्यहरु सबै
थकित हुँदै रयालीमा भन्नु के भन्दछन अर्कै
छैन चासो मुलभाव जे छ
केवल एउटै आवाज हाजिर छु भन्छ

अख्तियार बाला बिरोध होस या भ्रष्टाचार बिरोधी आवाज
शंख मात्र बजाउनु समय लाग्छ
अभावको प्रभावमा फसेकाहरुले
हाजिर छु भन्छ

गजबको दृश्य तब हुन्छ जब
घरबाटै टन्न खुवाएर लगिन्छ
बाटो बाटोमा पशुबलि बिरुद्ध नारा लगाइन्छ
बर्ष भरि बस्दछन निदाएर
चाडपर्वमा मुद्दा उठदछ टन्नै खाएर

सोधिदैन इच्छा र चासो
केबल गणना छ टाउकाको
बेवास्ता स्वास्थ्यको गर्दै
लोभ छ अभाव हटाउने
स्वार्थ छुट्टै छ सबको
घरि एउटा त घरि अर्को ताज लगाउँछ
छैन मतलब हार जित कसैको
चिलको आँखा गाडदै
आफ्नो अभाव छ हटाउनु

खोजिरहन्छ यस्ता अवसर सधैं
बिरोधको घोषणा होस अझै
माध्यम बन्नेछ व्यस्तता र खानपानको
अभावको प्रभाव नै छ ,तागत सबको

दिगो सहयोग अभाब हुनेछ

आभाष हुँदा हुँदै रयाली धाउँदै छ
दुई छाकको महत्व उठाएर फाइदा
टाउकाको भिड प्रदर्शन गर्नु छ

बिरोधको आबाज उठाउन
शंख मात्र बजाउनु छ
अभावको प्रभावमा फसेकाहरु
हाजिर छु भन्छ।