मधेशटप, कार्तिक ९ गते।

बिन्ति छ दुई नम्बर प्रदेशको सरकार
आन्तरिक पुनः निर्माणमा गरिदिनुस विचार
भत्केका भवनहरू देखाएर
सरस्वती नमुना विद्यालय
विद्यार्थी भएर गुहार गर्छु ,
न्याय होस सक्दो चाँडै

काठमाडौंमा पुनः निर्माण भएछ ,ऐतिहासिक सम्पदा
कृष्ण मन्दिर, रानि पोखरी,दरबार स्कूल र धरहरा
खै किन देखावटी अन्धा ,बहिरा बनेछन
सरस्वती नमुना विद्यालय को पुनः निर्माणकर्ता

चाहिएन साँगुरो र नव भवनहरू
जोगाइदेउ पहिचान पुनः उस्तै निर्माण गरेर
सक्दैन भने कसैले , विद्यार्थी लाई जिम्मा देउ
इन्जिनियर, डक्टर र पूर्व राष्ट्रपति सम्म यहि विद्यालयका
पुनः निर्माण गरिदेउ या देउ हामी सबलाई ठेक्का

पहिचान नै मेटाउने नव भवन नबनोस
नव पिढीलाई देखाउँदा ,हाँस्यपरिहास नहोस
भाताभुङ्ग अवस्था हेरि सबको मन दुख्दछ
आफु पढेको विद्यालयमा पुग्दा अनेक प्रश्न उठदछ

अभाव छैन जब ,समय रकम र कुशल जिम्मेवारको
मात्र रूचि देखाइदिए चमत्कार हुनेछ
सरस्वती नमुना विद्यालय बिलिन हुनबाट जोगिनेछ
बिगतको भवन जस्तो पुनः निर्माण गरिदिए पुग्छ

दमित इच्छा छ पूर्व विद्यार्थीहरु देखि गुरु वर्गको
दुःख व्यक्त गर्दै भन्छन ,छ यो काम झन्झटिलो
भेदभाव किन पुनः निर्माण कार्यमा
काठमाडौंमा एउटा र अर्को जनकपुरमा

बिन्ति छ दुई नम्बर प्रदेशको सरकार
आन्तरिक पुनः निर्माणमा गरिदिनुस ।