बलिवुड सुपरस्टार सलमान खानको फिल्म बजरंगी भाइजानमा मुन्नीको भूमिका खेलेकी बालकलाकार हर्षाली मल्होत्राले आफ्नो कामको राम्रो प्रशंसा बटुरेकी थिइन्।
फिल्ममा सलमानको पिठ्युमा सबार भएकी देखिने स्यानी हर्षाली अब ठूली भइसकेकी छिन्।र, तस्बिरमा उनको पहिचान गर्न जो कोही अलमलमा पर्न सक्छन होला।
सन् २०१५ मा आएको बजरंगी भाइजानमा देखिएकी हर्षाली सामाजिक सञ्जालमा खुबै सक्रिय छिन्। दिपावली होस् या भाइटिकाको अवसर, हर्षाली इंस्टाग्राममार्फत आफ्ना प्रशंसकहरूलाई शुभकामना दिने गरेकी छिन्।
हालै उनको भाइटिकाको तस्बिर सार्वजनिक भएको छ। जसमा उनी आफ्ना भाइलाई टिका लगाइ रहेकी छिन्।
तस्बिरको क्याप्सनमा हर्षालीले लेखेकी छिन्,‘जसले मलाई खुबै जिस्काउँछ तर म सबै भन्दा माया गर्छु त्यसलाई ह्यापी भाइ दूज (भाइ टिका)।’
हर्षालीले दिपावलीको पनि कतिपय तस्बिरहरू साझा गरेकी छिन्।
Discussion about this post